नेभिगेशन
सबै कुरा

सुगर ड्याडी प्रकरणः देउलासहित चारै जनालाई शरीर बन्धक र ज्यान मार्ने उद्योगमा मुद्दा चलाउने प्रहरी निष्कर्ष

काठमाडौँ । रात्री क्लबबाट किशोर किशोरीहरूलाई बन्धक बनाएर यातना दिने घटनामा संलग्नहरुमाथि प्रहरीले अनुसन्धान सकेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँले आफ्नो अनुसन्धान सकेर जिल्ला सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । परिसरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले सरकारी वकिल कार्यालयलाई अनुसन्धान प्रतिवेदन बुझाइएको बताए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अधिकारीकाअनुसार काठमाडौँको बूढानीलकण्ठ नगरपालिका–१ घर भएका देउलासहित टोखा नगरपालिका–३ का २७ वर्षीय राजेन्द्र घले, उदयपुरको त्रियुगा नगरपालिका गाईघाट घर भएका २२ वर्षीय ओजस्वी तामाङ र चितवनको भरतपुर महानगरपालिका–२९ घर भएका २२ वर्षीय साजन गुरुङलाई ज्यान मार्ने उद्योग र शरीर बन्धकको कसुरमा मुद्दा चलाउनुपर्ने निष्कर्षमा प्रहरी पुगेको हो । 

Extreme Energy
citizen life

‘क्लबहरुबाट अपहरण गर्ने र घरमा बन्धक बनाएर यातना दिएको, शरीर बन्धक र ज्यान नै जानेगरी क्रूर यातना दिएकाले फरक फरक दुई कसुरमा मुद्दा चल्नुपर्ने राय प्रहरीले दिएको छ ’ अधिकारीले भने ।

आशिष देउला र उनका साथीहरूले रात्री क्लबबाट उठाएर लगेर चरम यातना दिएको भन्दै ५ जना पीडितहरू सिधाकुराको सम्पर्कमा आएका थिए । 

उनीहरूमाथि तातो आइरनले नाङ्गो शरीरमा पोल्ने, सन्चो दलेर हिटरमा फोका उठ्ने गरी सेकाउने, मलद्वारमा स्नुकरको पाइप घुसाएर सन्चो हाल्ने जस्ता क्रूर यातना दिइएको खुलासा सिधाकुरामार्फत गरेका थिए । 

पीडितहरुमध्ये दुई जनाको जाहेरीपछि प्रहरीले सो अपराधमा संलग्न सबैलाई पक्राउ गरेर अनुसन्धान सुरु गरेको थियो । जिल्ला सरकारी वकिल कार्यालयमा मुद्दा बुझाएपछि अब उनीहरुमाथि जिल्ला अदालतमा मुद्दा अभियोजन हुनेछ । 

यस घटनासँग सम्बन्धित समाचार :

नाइट क्लब छिरेका युवाहरुलाई बन्धक बनाएर पाशविक यातना


‘मलाई ड्रिल मेसिन हानौँ कि आइरनले पोलौँ भनेर सोध्योे, मैले बाँच्ने आशमा आइरन रोजेँ’


‘मेरो आँखामाथि धारिलो हतियारले हानियाे, रगत बगिरहेको घाउमा सन्चो दलियाे’












प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानन्यायाधीशमा शर्मा सिफारिसको आधारः वरियता भन्दा कार्यक्षमता

प्रधानन्यायाधीशमा शर्मा सिफारिसको आधारः वरियता भन्दा कार्यक्षमता

सर्वोच्च अदालतमा ७ वर्ष न्याय सम्पादन गरिसकेका शर्मा यसबीचमा कुनै पनि विवादमा परेनन् । यसको अर्थ उनले गरेका फैसलाको सार्वजनिक आलोचना भएको सुनिएको छैन ।
छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

छिमेकीलाई बालेन सरकारको सन्देश– देश सानो ठूलो हुन सक्छ, राष्ट्रियता र स्वाभिमान सानो ठूलो हुँदैन

एउटा सर्वव्यापी मान्यता छ– साथी रोज्न पाइन्छ तर, छिमेकी रोज्न पाइँदैन । देशका लागि त छिमेकी रोज्ने विषय कल्पनासमेत गर्न सकिँदैन । यो कुरा ठ्याक्कै नेपालसँग मिल्छ ।
अब जम्मा १७ मन्त्रालय, कुन कुन मन्त्रालय हुँदैछ खारेज ?

अब जम्मा १७ मन्त्रालय, कुन कुन मन्त्रालय हुँदैछ खारेज ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव गोविन्दबहादुर कार्कीको संयोजकत्वमा बनेको ५ सदस्यीय कार्यदलको सुझाबका आधारमा प्रधानमन्त्री बालेन शाहले ४ वटा मन्त्रालय खारेज गर्ने र केही मन्त्रालयको नाम परिवर्तन तयारी...
किन अड्कियो अध्यादेश ?

किन अड्कियो अध्यादेश ?

भर्खरै