नेभिगेशन
सबै कुरा

भगवानकाे नाम गरेका नेता हुँदैमा देश स्वर्ग नहुने रहेछ: रास्वपा नेतृ क्रान्तिशिखा

१३ असोज दाङ । राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रिय सदस्य क्रान्तिशिखा धितालले पुराना दल र नेताहरूले कार्लमार्क्सको सिद्धान्त र छापामारको भेष देखाएर जनतालाई ब्ल्याकमेल गरिरहेको बताएकी छिन् ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

दाङको घोराहीमा सुरु भएको पार्टीको नगर अधिवेशनलाई सम्बोधन गर्दै धितालले पुराना दलका नीति र नेताले विचार र सिद्धान्तको नाममा जनतालाई ब्ल्याकमेल गर्दै संसद्मा छिरेर जनताको विश्वासघात गरेको बताएकी हुन् ।

Ncell
Extreme Energy

धितालले भनिन्, 'परम्परागत राजनीति लागूऔषध जस्तै हो, त्यसको कुलतमा फसेका नेताहरूले जनतालाई गरिबी, भ्रष्टाचार र बेरोजगारीको दलदलमा फसाए '।

आफ्नो गृह जिल्ला दाङमा अन्य दलका शिर्ष नेताहरुलाई इंकित गर्दै धितालले भगवानका नाम हुँदैमा कुनै पनि नेताले देशलाई स्वर्गन नबाउने बताइन् ।

उनले भनिन्, 'भगवानको नाममा गरेको नेता हुँदैमा देश स्वर्ग नहुने रहेछ, देश स्वर्ग बन्न त नेताले इमानदार भएका काम गर्नु पर्छ' ।

धितालले डाँडामा गएर भ्यु टावर बनाउने भिजन भएका नेताका कारण गाँउमा युवा भेटिन् छाडेको उल्लेख गरिन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

बालेनलाई भेटेर आङ्देम्बेले के भने ?

नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई भेटेर भोटेकोशी नदीमा आएको बाढीका कारण प्रभावित क्षेत्रमा राहत र उद्धारलाई तीव्रता दिन आग्रह गरेका छन् ।
मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

मन्त्रीहरुको एक महिनाको तलब उद्धार कोषमा, मन्त्रिपरिषद्ले अरु के के गर्‍यो निर्णय ?

सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरुको एक महिनाको तलब/पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।
सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्चले देउवा र खड्कालाई दिएन अन्तरिम आदेश, गगनलाई महाधिवेशन गर्न बाटो खुला

सर्वोच्च अदालतले कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा र  निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले कांग्रेसको आसन्न पन्ध्रौँ महाधिवेशन रोक्न माग गर्दै दायर गरेको रिटमा अन्तरकालीन आदेश दिन अस्वीकार गरेको...
भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

भारत र चीनलाई रवि लामिछानेको आग्रह– आउनुस्, सीमापार विपद् न्यूनीकरण गर्न सहकार्य गरौँ

नले भने, ‘आउनुहोस्, नेपाल, भारत र चीन मिलेर जलवायु परिवर्तनको असर न्यूनीकरण गर्न, पूर्वसूचना प्रणालीहरू विकास गर्न र सीमापार विपद् सम्बन्धी तथ्याङ्क तत्काल आदानप्रदान गर्न सहकार्य गरौं। जलवायु...