नेभिगेशन
सबै कुरा

रास्वपाको पत्रकार सम्मेलन सर्यो, केन्द्रीय समितिको बैठकपछि गर्ने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको पत्रकार सम्मेलन आइतबार सम्मका लागि सरेको हो ।

त्यस्तै रास्वपाले आइतबारका लागि केन्द्रीय समितिको बैठक समेत बोलाएको छ ।  आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो । सो बैठकपछि पत्रकार सम्मेलन गर्ने तयारी रहेको पार्टीका एक नेताले बताए । 

पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रम र सहकारी ठगी प्रकरणमा सरकारले रास्वपा सभापति रवि लामिछानेलाई नियोजित तवरले पक्राउ गर्ने नियत राखेको भन्दै पार्टीपंति आक्रोशित छ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेसँग रवि लामिछानेलाई समेत पक्राउ गर्ने हल्ला चलाइएको थियो । त्यससँगै चिनियाँ भ्रमणमा रहेका रास्वपाका नेताहरु बिहिबार नेपाल आइसकेका छन् । उनीहरु नेपाल आएसँगै आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको हो । पार्टीले आइतबारको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...