नेभिगेशन
सबै कुरा

रास्वपाको पत्रकार सम्मेलन सर्यो, केन्द्रीय समितिको बैठकपछि गर्ने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको छ । शुक्रबारका लागि बोलाइएको पत्रकार सम्मेलन आइतबार सम्मका लागि सरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

त्यस्तै रास्वपाले आइतबारका लागि केन्द्रीय समितिको बैठक समेत बोलाएको छ ।  आइतबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने गरी बैठक आह्वान गरिएको हो । सो बैठकपछि पत्रकार सम्मेलन गर्ने तयारी रहेको पार्टीका एक नेताले बताए । 

Ncell
Extreme Energy

पछिल्लो समय विकसित भएका राजनीतिक घटनाक्रम र सहकारी ठगी प्रकरणमा सरकारले रास्वपा सभापति रवि लामिछानेलाई नियोजित तवरले पक्राउ गर्ने नियत राखेको भन्दै पार्टीपंति आक्रोशित छ । गोरखा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक छविलाल जोशीलाई सहकारी प्रकरणमा प्रहरीले पक्राउ गरेसँग रवि लामिछानेलाई समेत पक्राउ गर्ने हल्ला चलाइएको थियो । त्यससँगै चिनियाँ भ्रमणमा रहेका रास्वपाका नेताहरु बिहिबार नेपाल आइसकेका छन् । उनीहरु नेपाल आएसँगै आज गर्ने भनिएको पत्रकार सम्मेलन स्थगित भएको हो । पार्टीले आइतबारको केन्द्रीय समिति बैठकपछि पत्रकार सम्मेलन गर्ने तयारी गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।