नेभिगेशन
सबै कुरा

पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने कार्यवाहक प्रधानमन्त्री सिंहकाे प्रतिबद्धता

काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

४५ औँ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा मुलुकको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा देखापरेका समस्यालाई सरकारले समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । नेपालको अर्थतन्त्रलाई सुधार गर्न समेत पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

उनले मुलुकलाई सन्तुलित रुपमा अघि बढाउनका लागि पर्यटन क्षेत्रबाट दिनसक्ने योगदानलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । मुलुकमा अस्थीरता देखिएपछि स्थीरता दिनका लागि वर्तमान सरकार गठन गर्नुपरेकाले जनताका लागि शसक्त रुपमा काम गर्ने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई सुदृढ गर्नका लागि नागरिक उड्ययनको क्षेत्रलाई विश्वसनीय बनाउनुपर्ने भएकाले यसमा ध्यान केन्द्रीत गरेको बताए । आफु पदमा रहँदा काम गर्न नसके कुर्सी छाड्ने भन्दै उनले अन्य निकायका प्रमुखले पनि काम गर्न नसके सहज रुपमा बाटो खाली गर्न सुझाव दिए । मन्त्री पाण्डेले तीनै तहका सरकार र निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरि काम अघि बढेको धारणा राखे ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्दधन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

७१ सेवा केन्द्रमा तीव्र गतिको इन्टरनेट जडान गर्दै काठमाडौँ महानगरपालिका

कामपाले आफ्ना मातहतमा रहेका स्वास्थ्य प्रवर्द्धन केन्द्र, वडा कार्यालयलगायत अन्य सेवा केन्द्रहरूमा तीव्र गतिको ब्रोडब्यान्ड इन्टरनेट (फाइबर टू द होम–एफटिटिएच) जडान प्रक्रिया अघि बढाएको कामपाको प्रशासन शाखा प्रमुख...
राष्ट्रपति पौडेल स्वदेश फिर्ता

राष्ट्रपति पौडेल स्वदेश फिर्ता

उनलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, गृहमन्त्री ओमप्रकाश अर्याल, परराष्ट्र सचिव अमृतबहादुर राई, नेपालका लागि कतारका राजदूत, सुरक्षा निकायका प्रमुखलगायतले स्वागत गरेका थिए ।...
सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

सौराहामा रास्वपाको विस्तारित बैठक: ५ सय बढी प्रतिनिधिको यसरी हुँदै छ व्यवस्थापन

संयोजक ढकालका अनुसार विस्तारित बैठकको ७० प्रतिशत बढी तयारी सकिएको छ । हल व्यवस्थापन, लजिस्टिक व्यवस्थापन लगायतका कामहरू लगभग सकिएका छन् । बिहीबार बाटै प्रतिनिधिहरू चितवन आउने क्रममा...