नेभिगेशन
सबै कुरा

पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने कार्यवाहक प्रधानमन्त्री सिंहकाे प्रतिबद्धता

काठमाडाैँ । कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंहले पर्यटन क्षेत्रमा देखापरेका समस्यालाई समाधान गर्ने प्रतिवद्धता जनाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

४५ औँ विश्व पर्यटन दिवसको अवसरमा शुक्रबार काठमाडौँमा आयोजित कार्यक्रममा मुलुकको समृद्धिको प्रमुख आधार पर्यटन क्षेत्र भएकाले यस क्षेत्रमा देखापरेका समस्यालाई सरकारले समाधान गर्ने प्रतिवद्धता जनाएका हुन् । नेपालको अर्थतन्त्रलाई सुधार गर्न समेत पर्यटन क्षेत्रको महत्वपूर्ण योगदान रहेको उनको भनाइ छ ।

Ncell
Extreme Energy

उनले मुलुकलाई सन्तुलित रुपमा अघि बढाउनका लागि पर्यटन क्षेत्रबाट दिनसक्ने योगदानलाई बढाउँदै लैजानुपर्नेमा जोड दिए । मुलुकमा अस्थीरता देखिएपछि स्थीरता दिनका लागि वर्तमान सरकार गठन गर्नुपरेकाले जनताका लागि शसक्त रुपमा काम गर्ने उनले बताए ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले पर्यटन क्षेत्रलाई सुदृढ गर्नका लागि नागरिक उड्ययनको क्षेत्रलाई विश्वसनीय बनाउनुपर्ने भएकाले यसमा ध्यान केन्द्रीत गरेको बताए । आफु पदमा रहँदा काम गर्न नसके कुर्सी छाड्ने भन्दै उनले अन्य निकायका प्रमुखले पनि काम गर्न नसके सहज रुपमा बाटो खाली गर्न सुझाव दिए । मन्त्री पाण्डेले तीनै तहका सरकार र निजी क्षेत्रसँगको सहकार्यमा मुलुकलाई सुरक्षित र आकर्षक पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने गरि काम अघि बढेको धारणा राखे ।

‘सबैका लागि पर्यटनः पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्दधन’ भन्ने नारासहित हरेक वर्ष २७ सेप्टेम्बरमा विश्व पर्यटन दिवस मनाउने गरिन्छ । नेपालमा भने ‘पर्यटन र शान्ति’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

प्रतिनिधिसभाको दोस्रो अधिवेशनः ६२ दिनका ६८ बैठकमा के-के भयाे

गत वैशाख २८ गतेदेखि आजसम्म गरी कुल १४५ दिन भए पनि संसदीय कार्य दिन ६२ कायम भएको हो । सभामुख डोलप्रसाद अर्यालले दोस्रो अधिवेशनको अन्त्यको घोषणा गर्नुपूर्व अधिवेशनमा...
रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखाको आग्रह– नयाँ घटना आएपछि अघिल्लो पीडा नबिर्सौं

रास्वपा सचेतक क्रान्तिशिखा धितालले नयाँ घटना आउना साथ पुरानो घटना र त्यसले दिएको पीडा नभुल्न सरकारलाई आग्रह गरेकी छन् ।
राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

राष्ट्रसंघ महासभामा नेपालले के भन्यो ? परराष्ट्रमन्त्रीले संसद्लाई गराए जानकारी

परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताबारे प्रतिनिधिसभाको आजको बैठकलाई जानकारी गराएका छन् ।
सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

सरकारले जनअपेक्षाबमोजिम काम गर्न सकेनः आङ्देम्बे

प्रमुख प्रतिपक्षी दलका नेता भीष्मराज आङ्देम्बेले वर्तमान सरकारका छ महिना जनअपेक्षाबमोजिम उपलब्धिपूर्ण हुन नसकेको र सङ्क्रमणकालकै निरन्तरता भएको बताएका छन् ।