नेभिगेशन
सबै कुरा

माल्दिभ्सलाई १३८ रनले हराउँदै नेपाल एसियाडको क्वार्टरफाइनलमा

चीनमा जारि एसियाली खेलकुदअन्तर्गत क्रिकेटमा माल्दिभ्सलाई १३८ रनको फराकिलो अन्तरले पराजित गर्दै नेपाल क्वार्टारफाइनलमा प्रवेश गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आइतबार झेजियाङ युनिभर्सिटी अफ टेक्नोलोजी पिङफियाङ क्रिकेट फिल्डमा माल्दिभ्सलाई २१३ रनको लक्ष्य दिएको थियो । तर माल्दिभ्सले २ बल खेल्न बाँकी हुँदै ७४ रनमा अलआउट भएको छ । 

Ncell
Extreme Energy

यसअघि नेपालले पहिलो खेलमा मंगोलियामाथि कीर्तिमानी जित हात पारेको थियो। 

समूह ‘ए’ को विजेता बन्दै अन्तिम आठमा पुगेको नेपालले  अब भारत, पाकिस्तान, बंगालदेश र श्रीलंका मध्ये एक टिमसँग प्रतिस्पर्धा गर्नेछ । 

माल्दिभ्सका इस्माइली ३ रन र  अजिन शून्यमा आउट भए । फरिदले १० रन जोडे भने घानी अब्दुलले सबैभन्दा बढी ३६ रन जोडे। घानीले ३४ बलमा २ चौका र २ छक्का हिर्काए । माल्दिभ्सका ६ ब्याटर शून्यमा आउट भए ।

माल्दिभ्स विरुद्द नेपालका अभिनास बोहराले ६ विकेट लिन सफल भए । उनले ३.४ ओभरमा ११ रन खर्चिएर ६ विकेट लिए भने सन्दीप लामिछाने, गुल्सन झा, सोमपाल कामी र कुशल भुर्तेलले १÷१ विकेट लिए । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ७ विकेटको क्षतिमा २१२ रन जोडेको थियो । 

नेपालका लागि कप्तान रोहित पौडेलले अर्धशतक प्रहार गरे । उनले  २७ बलमा समान ३.३ चौका र छक्काको मद्दतमा ५२ रन जोडे ।

गुल्सन झाले २१ बलमा १ चौका र ३ छक्काको मद्दतमा ३५ रन जोडे । कुशल मल्लले नटआउट ४७ रन जोडे । मल्लले २० बलमा ३ चौका र ३ छक्का हिर्काए ।

नेपालका ओपनर कुशल भुर्तेलले एलबिडब्लूको धरापमा पर्नुअघि १८ बलमा ५ चौका र १ छक्काको मद्दतमा ३५ रन जोडे। त्यसअघि अर्का ओपनर आसिफ शेख ६ रनमै आउट भएका थिए ।

विनोद भण्डारी १५ बलमा १३ रन, सन्दीप जोरा ५ रन र दीपेन्द्रसिंह ऐरी ६ रनमा आउट भए ।

बलिङमा माल्दिभ्सका बाडेउले ३ विकेट लिन सफल भए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

एकदिवसीय क्रिकेटः मलेसियाविरुद्ध नेपालको लगातार दोस्रो जित

मलेसियाविरुद्धको दोस्रो एकदिवसीय अभ्यास खेलमा पनि नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीले जित निकालेको छ । आज भएको खेलमा उत्कृष्ट बलिङको मद्दतमा नेपालले मलेसियाविरुद्ध २७ रनको जित निकालेको हो...
यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

यसरी सार्वजनिक गरियो एनभीएलको ट्रफी (तस्बिरहरू)

ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले ट्रफी सार्वजनिक गरे । पाटनपछि काठमाडौं र भक्तपुरमा पनि ट्रफी प्रदर्शन गर्ने कार्यक्रम छ।
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...
फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

फुटबलर आशिष राईको उपचारका लागि एन पेनाङ एफसीको अग्रसरतामा १२ लाख रुपैयाँ संकलन

मलेसियाको पेनाङमा सम्पन्न मैत्रीपूर्ण फुटबल प्रतियोगितामा स्थानीय तथा अन्तर्राष्ट्रिय नेपाली क्लबहरूको उत्साहजनक सहभागिता रहेको थियो। मुख्य प्रतियोगितामा हिमालयन एफसी, एन पेनाङ एफसी र नेपबोर्न एफसी बीच प्रतिस्पर्धात्मक खेलहरू...