नेभिगेशन
सबै कुरा

विपद् पीडितका लागि ५० लाख सहयोग गर्ने कांग्रेसको निर्णय, उद्धारमा खट्न सबै नेता कार्यकर्तालाई निर्देशन

काठमाडौँ । नेपाली कांग्रेसले राहत र उद्दार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको छ । पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा आइतबार बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्राकृतिक प्रकोपबाट ठूलो धनजनको क्षति भएकाले राहत र उद्धार कार्यमा सम्पूर्ण शक्ति केन्द्रीत गर्ने निर्णय गरेको हो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकले पीडितको सहयोगका लागि ५० लाख रुपैयाँ सरकारको राहत कोषमा जम्मा गर्ने निर्णय गरेको र यसका लागि सबै सांसदहरुको १५ दिनको तलब सहयोग गर्ने निर्णय गरिएको प्रवक्त डा प्रकाशशरण महतले जानकारी दिए । 

Ncell
Extreme Energy

बैठकले कांग्रेसको जारी अभियान कोजाग्रत पूर्णिमासम्म स्थगन गरि सवै भातृ संगठनलाई उद्धारमा खट्न निर्देशन दिएको छ भने बिषम परिस्थितिका कारण हरेक बर्ष कोजाग्रत पूर्णिमाका दिन पार्टीले गर्दै आएको चियापान कार्यक्रम समेत स्थगन गरिएको प्रवक्ता महतले बताए । 

बैठकले बाढी पहिरोबाट बेपत्ता भएकाहरूको खोजी कार्य तीव्र गर्न सरकारसँग माग गर्दै सबै घाइतेको निःशुल्क उपचार गर्ने व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराइएको उनले बताए । अवरुद्ध भएको सडकसञ्जाल छिटो मर्मत गर्दै चाडबाडका बेला सहज रुपमा घर जान सक्ने अवस्था बनाउन समेत आग्रह गरेको प्रवक्ता महतले जानकारी दिए । 

त्यस्तै बैठकले मंसिर १६ गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगमा दल दर्ता गर्ने निर्णय गर्दै उपनिर्वाचनमा पार्टीकातर्फबाट खडा गर्ने उम्मेदवारलाई पत्र दिनका लागि सभापतिलाई जिम्मेवारी प्रदान गर्ने निर्णय समेत गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

चुनदेवीबाटै सक्रिय हुँदैछन् शेरबहादुर देउवा

झण्डै एक वर्षपछि देउवा पार्टीको राजनीतिमा पुनः सक्रिय भएका छन् । पूर्वसभापतिका रुपमा नभई ‘सभापति’का रुपमा ।
'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

'मुलुक सुगौली सन्धियताकै भयानक संकटमा छ'

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुक सुगौली सन्धीयताकै भयानक संकटमा रहेको बताएका छन् ।
सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

सबै आपराधिक घटना प्रहरीको ‘इन्स्टिच्युसनल मेमोरी’ मा छ : प्रहरी महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजमा घटेका आपराधिक घटना प्रहरी सङ्गठनको ‘इन्स्टिच्युसनल मेमोरी’ मा रहेकाले त्यस्ता घटनामा संलग्न अपराधीलाई जुनसुकै बेला पनि कारबाहीको दायरामा ल्याइने बताएका छन्।
धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

धेरै बिजुली खपत गर्नेलाई महसुलमा सहुलियतः ऊर्जामन्त्री

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै बढी खपत गराउन मौसमी विद्युत् महसुल तथा धेरै विद्युत् खपत गर्ने ग्राहकलाई सहुलियत दरमा विद्युत् उपलब्ध...