नेभिगेशन
सबै कुरा

बजाज पल्सर एनएस ४०० जेड : बजाज ग्रान्ड कार्निभल, भृकुटीमण्डपबाट डेलिभरी शुरु

काठमाडौँ । नेपालको लागि बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालि ले अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको डेलिभरी भृकुटीमण्डप, काठमाडौँबाट शुरु गरेको छ । नाडा अटो शोबाट एन एस् ४०० जेड बुकिङ गर्ने ग्राहकहरूलाई ४० वटा मोटरसाइकल डेलिभरी गर्दै यसको शुरुवात गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अहिलेसम्मकै ठूलो पल्सर एनएस ४०० जेडले शक्ति, प्रविधि, र डिजाइनको समिश्रणबाट स्पोर्ट्स मोटरसाइकल सेगमेन्टलाई नयाँ उचाइमा पुर्याउने कम्पनीको विश्वास छ ।

Ncell
Extreme Energy

बजाज पल्सर एन एस् ४०० जेडलाई ३७३ सिसिको सिगंल–सिलिन्डर, लिक्विड–कुल्ड इन्जिनले शक्ति दिन्छ, जसले ३९.४ बीएचपी र ३५ एनएम टर्क उत्पादन गर्दछ । यो ६–स्पीड गियरबक्ससँग जोडिएको छ, जसमा स्लिप र असिस्ट क्लच सुविधा रहेको छ जसले सहज गियर सिफ्ट र थप कन्ट्रोल प्रदान गर्दछ । यस मोटरसाइकलमा सटिक थ्रोटल रेस्पोन्स र इन्धन दक्षताका लागि राइड–बाइ–वायर प्रविधि पनि समावेश गरिएको छ ।

ग्रान्ड कार्निभल– द बिगेस्ट एक्सचेन्ज क्याम्प, भृकुटीमण्डपमा आयोजित पल्सर एन एस् ४०० जेडको डेलिभरी समारोहका क्रममा, गोल्छा ग्रुपका डाइरेक्टर श्री अभिमन्यु गोल्छाले आफ्नो उत्साह व्यक्त गर्दै भने, “हामी नेपाली बजारमा अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेड डेलिभरी गर्न पाउँदा अत्यन्तै खुशी छौँ। नेपालको विभिन्न क्षेत्रबाट प्राप्त अपार बुकिङका कारण हामी दशैंर तिहारको बीचमा माग पूरा गर्नेछौँ ।”

पल्सर एन एस् ४०० मा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरु छन, साथै स्विच गर्न मिल्ने ट्राक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस् रहेको छ, जसले सबै प्रकारका सडकमा उच्च सुरक्षा प्रदान गर्दछ । यस मोटरसाइकलमा फुल कलर एलसिडि स्क्रिन रहेको छ, जसमा ब्लुटुथ कनेक्सनको सुविधा उपलब्ध छ, जसले टर्न–बाइ–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल, र अन्य राइड सम्बन्धित आवश्यक जानकारी प्रदान गर्दछ ।

मस्कुलर र एरोडाइनामिक डिजाइनको साथमा, एन एस् ४०० जेडमा चिजल्ड फ्यलु ट्याङ्क, शार्प ट्याङ्क एक्सटेन्सनस, आरामदायी स्प्लिट सिट सेटअप, र स्टाइलिस १७–इन्च अलोय व्हील्स रहेका छन् । यस मोटरसाइकलको इन्धन ट्याङ्क क्षमता १२ लिटर छ र सीटको उचाइ ८०७ मिमी रहेको छ, जसले नजिक तथा लामो दुरीको यात्रामा पनि सहजता र स्थिरता प्रदान गर्दछ ।

अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर, बजाज पल्सर एन एस् ४०० जेडको मूल्य नेपालमा ५,५९,९०० रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

यात्रीकाे विद्युतीय स्कुटर नेपालमा केही हुँदैन भन्नेहरूका लागि 'बबालै हुन्छ’ भन्ने सन्देश हो: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

"बुढानीलकण्ठमा डिजाइन गरिएको र धादिङमा उत्पादन हुने विश्वस्तरीय स्कुटर नेपालमै बन्यो । नेपालमा केही हुँदैन भन्नेहरूका लागि यो ‘नेपालमा बबालै हुन्छ’ भन्ने सन्देश हो," अर्थमन्त्री डा. वाग्लेले भने,...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...
क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

क्रस खुकुरीको विशेष चिन्ह राखिएको रोयल इन्फिल्डको क्लासिक ३५० गोरखा एडिसन सार्वजनिक, गोरखा इतिहास र पहिचानलाई सम्मान

विशेष गोरखा ग्रीन रङमा आएको मोटरसाइकलमा गोरखा पहिचानसँग जोडिएको क्रस खुकुरीको विशेष चिन्ह राखिएको छ। क्लासिक ३५० को पुरानो र परिचित डिजाइनलाई कायम राख्दै यस संस्करणमा गोरखा विरासत...
एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

एक्सट्रिम पब्जी मोबाइल राष्ट्रिय प्रतियोगिता हुने

’रोड टू पीएमजीसी’ अभियानसँग जोडिएको प्रतियोगिताले नेपालमा पब्जी मोबाइलको प्रतिस्पर्धात्मक वातावरणलाई थप उत्साहित बनाउने अपेक्षा गरिएको छ । प्रतियोगितामार्फत उत्कृष्ट प्रदर्शन गर्ने टोली तथा खेलाडीले अन्तर्राष्ट्रिय मञ्चतर्फ अघि...