नेभिगेशन
सबै कुरा

धादिङका प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ । विपदको समयमा सन्तोषजनक कार्यसम्पादन नगरेको भन्दै गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तानेसँगै प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुख एसपी गौतम केसीलाई समेत हेडक्वार्टर तानेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अविरल वर्षासँगै गएको बाढी र पहिरोको समयमा समग्र जिल्लाको सुरक्षा कमाण्ड सम्हालेका एसपी गौतमले उचित भूमिका निर्वाह नगरेको भन्दै हेडक्वार्टर तानिएको हो । उनको स्थानमा दीपेन्द्र शाहीलाई जिम्मेवारी दिएर पठाइएको छ ।

बिहिबार देखि परेको अविरल वर्षापछि धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा परि ३ यात्रुबाहक बस र २ हायस पुरिएका थिए । जसमा ३५ यात्रुको मृत्यु भएको थियो । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानसँगै उक्त क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाउन भनिएको थियो । तर प्रशासनले सो सुझाव कार्यान्वयनमा समेत अन्देखा गरेको भन्दै प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई काठमाडौँ तानिएको छ । 

गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई हटाएर  मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

धनगढीमा दुई समूहको झडप, स्थिति नियन्त्रणमा लिन हवाई फायर

खानपिन गरेर होली मनाइरहेका दुई टोलका युवाबीच उत्पन्न विवादलाई सामान्य तुल्याउने क्रममा प्रहरीमाथि पनि आक्रमण भएपछि आत्मसुरक्षाका लागि हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता योगेन्द्र तिमिल्सेनाले...
मध्यपूर्वमा रहेका नेपालीको उद्दार गर्न परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन उद्धार टोली गठन

मध्यपूर्वमा रहेका नेपालीको उद्दार गर्न परराष्ट्र मन्त्रालयद्वारा आपतकालीन उद्धार टोली गठन

परराष्ट्र मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयको मध्य एसिया, पश्चिम एसिया तथा अफ्रिका महाशाखा प्रमुख रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहु–सरोकारवाला आपतकालीन उद्धार टोली(इमरजेन्सी रेस्पोक्स टीम) गठन गरिएको जानकारी...
कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

कुपण्डोलस्थित दाउरा थकालीमा लागेको आगो नियन्त्रणमा

मंगलवार दिउँसो ३ः४५ बजेतिर विद्युत् सर्ट हुँदा भएको आगलागी ललितपुर महानगरको प्रहरीले बारुणयन्त्र प्रयोग गरी नियन्त्रणमा लिएको ललितपुर महानगरका प्रहरी प्रमुख सीताराम हाछेथुले जानकारी दिए ।
बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द

बढ्दो क्षेत्रीय तनावका बीच अमेरिकाद्वारा खाडी मुलुकका दूतावासहरू बन्द

साउदी अरबको रियाद स्थित अमेरिकी दूतावासमा मङ्गलबार देखि अर्को सूचना नआउन्जेल सम्मका लागि सबै कार्यहरु बन्द गरिएको छ । सामाजिक सञ्जाल एक्समा दूतावासले साउदी अरबमा रहेका अमेरिकी नागरिकहरूलाई...