नेभिगेशन
सबै कुरा

धादिङका प्रहरी प्रमुख पनि हेडक्वार्टर तानिए

काठमाडाैँ । प्रहरी प्रधान कार्यालयले धादिङका प्रहरी प्रमुखलाई हेडक्वार्टर तानेको छ । विपदको समयमा सन्तोषजनक कार्यसम्पादन नगरेको भन्दै गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारीलाई मन्त्रालय तानेसँगै प्रहरी प्रधान कार्यालयले प्रहरी प्रमुख एसपी गौतम केसीलाई समेत हेडक्वार्टर तानेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अविरल वर्षासँगै गएको बाढी र पहिरोको समयमा समग्र जिल्लाको सुरक्षा कमाण्ड सम्हालेका एसपी गौतमले उचित भूमिका निर्वाह नगरेको भन्दै हेडक्वार्टर तानिएको हो । उनको स्थानमा दीपेन्द्र शाहीलाई जिम्मेवारी दिएर पठाइएको छ ।

Marvel
Extreme Energy

बिहिबार देखि परेको अविरल वर्षापछि धादिङको झ्याप्ले खोलामा गएको पहिरोमा परि ३ यात्रुबाहक बस र २ हायस पुरिएका थिए । जसमा ३५ यात्रुको मृत्यु भएको थियो । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको पूर्वानुमानसँगै उक्त क्षेत्रमा सवारी साधन सञ्चालनमा रोक लगाउन भनिएको थियो । तर प्रशासनले सो सुझाव कार्यान्वयनमा समेत अन्देखा गरेको भन्दै प्रहरी प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई काठमाडौँ तानिएको छ । 

गृह मन्त्रालयले धादिङका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई हटाएर  मन्त्रालयका सहसचिव सुमन घिमिरेलाई जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
गगन थापाले सम्बोधनमा भनेका चार कुरा

गगन थापाले सम्बोधनमा भनेका चार कुरा

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न नसकिने बताएका छन् ।
युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

युरोपमा किन सल्कियो आन्दोलनको आगो ?

रोपका विभिन्न देशमा जीवनयापनको बढ्दो खर्च, महँगी, आवास सङ्कट, सार्वजनिक सेवामा सरकारी लगानीको कमी र राजनीतिक असन्तुष्टिलाई लिएर प्रदर्शन चर्किएको छ। शनिबार (३१ अक्टोबर) फ्रान्समा लगातार तेस्रो सप्ताहान्त...
गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

गगन थापाले सरकारलाई सम्झाएका पाँच विषय

सरकार भरोसा र विश्वास गुमाउँदै डर र भयको वातावरण सिर्जना गरेर शासन गर्न खोज्दैछः सभापति थापा