नेभिगेशन
सबै कुरा

मान्छे मार्नेलाई माफी दिएर राष्ट्रपतिले भोज गरे : रवि लामिछाने (भिडियाेसहित)

१४ असाेज. काठमाडाैँ: राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संविधान दिवसका दिनमा राष्ट्रपतिले हत्यारालाई माफी दिएर भोज लगाएको आरोप लगाएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Extreme Energy

आइतबार प्रतिनिधि सभाको बैठकमा उनले संविधान दिवसको दिन राष्ट्रपतिले मान्छे काट्नेलाई उन्मुक्ति दिएर भोज लगाएको आरोप लगाएका छन् । त्यस्तै उक्त भोज कार्यक्रममा संयोगले आफू पुग्न नसकेको अन्तमा ठिक भएको उनले जनाएका छन् । 

उनले भने, ‘त्यतिधेरै लगानी गरेर हामीले संविधान बनाएको दिनको मौका छोपेर जुन काम सरकारको सिफारिसमा सम्माननीय राष्ट्रपतिबाट हुन गयो राष्ट्रिय स्वतन्त्र पार्टीले त्यसको घोर विरोध गर्न चाहन्छु’ ।

त्यस्तै सभापति लामिछानेले जनताले खुशी मनाउने दिनमा जघन्य अपराध गर्ने व्यक्तिलाई उन्मुक्ति प्रणालीनै गलत भएको भन्दै उक्त प्रणालीनै परिवर्तन गर्न माग गरे । उनले भने  , ‘जघन्य अपराध गर्ने, मानिसलाई दिउँसै हत्या गर्ने र आजीवन सजाय पाएको मान्छेलाई जनताले खुशियाली मनाउने दिनमा उन्मुक्ति दिने प्रणाली बन्द गर्न म जोडदार माग गर्दछु’

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले  ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाह गरेका थिए । जस मध्ये नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए ।

चेतनाको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए । हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए ।

रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए । असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका हुन् । 

सम्बन्धित समाचारहरु :

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।