नेभिगेशन
सबै कुरा

नेपाली उत्पादन अब थाइ बजारमा

काठमाडाैँ । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको राजधानी बैङ्ककस्थित रहेको बिजम्याच सोलुसन बिच सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपालमा उत्पादन गरिएका प्रोडक्टहरुलाई थाईल्याण्डमा प्रमोट गर्ने उदेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्झौतामा सेप्टेम्बर २५ मा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा तथा जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले हस्ताक्षर गरेका हुन् ।  

Ncell
Extreme Energy

उक्त संस्थासँग सहकार्य गरी बैँकक बजारमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” भनेर बजारीकरण गर्ने योजना रहेको बताइएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।

कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्न सकिने विश्वासका साथ समझदारी भएको कम्पनीले जनाएको छ । 

संस्थाले विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उत्पादनलाई विश्व बजारमा प्रवर्दधन गर्ने र उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने विश्वास लिएको छ । त्यस्तै बिजम्याच सोलुसनसँगको सहकार्यमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउने आफूहरुको प्रतिबद्धता रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।

२ संस्थाबिच संस्थागत एवं संयुक्त दायित्वहरू पुरा गर्ने प्रतिबद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्यलाई अगाडि बढाइएको बताइएको छ । बिजम्याच सोलुसनका अधिकारीहरु यहि नोभेम्बरमा नेपाल भ्रमणमा आउँदै छन् ।  जसबाट नेपाली उत्पादनको सम्भावना तथा विविधताबारे अझबढी जानकारी बटुल्ने विश्वास लिएको छ, जसले नेपाली प्रोडक्डको प्रमोटमा अझै बढी सुदृढ हुने विश्वास गरीएको छ । 

जनता एग्रो एण्ड फरेष्ट्रिले नेपालमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशन तथा प्रोत्साहनका निम्ति विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको  छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

म्याक्स टाइगरको ‘दशैं धमाका’ झन् रोमाञ्चक, थप दुई भाग्यशालीको हातमा स्कुटर र मोटरसाइकल

यसपटक भाग्यको चमक बुटवल र धनगढीसम्म पुगेको छ । बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर जितेका छन् भने धनगढीका मोहन श्रेष्ठ यामाहा एफजेड एफआई मोटरसाइकलको विजेता बनेका...
म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य, तिन जनाले जिते बाईक र स्कुटर

म्याक्स टाइगरको विशेष पुरस्कारयुक्त क्यान प्राप्त गरेका तीनैजना विजेताले दशैंको समयमा अप्रत्याशित रूपमा आकर्षक उपहार जित्ने अवसर पाएका हुन् । क्यान खोल्दा नै पुरस्कार जित्न पाउँदा उनीहरूको चाडपर्वमा...
सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

सूर्य नेपालको सहयोगमा शुक्लागण्डकीमा सामुदायिक फोहोर व्यवस्थापन केन्द्र सञ्चालनमा

केन्द्रले प्लास्टिक, कागजलगायत पुनर्चक्रणयोग्य फोहोर संकलन तथा प्रशोधन गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्नेछ । वार्षिक करिब ३ हजार टन फोहोर प्रशोधन गर्न सक्ने क्षमताको यस केन्द्रले जथाभावी फोहोर...
एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

एनसेल र सामसङबीच सहकार्य: घरायसी विद्युतीय उपकरणको खरिदमा ३१ प्रतिशतसम्म छुट

नेपालमा चाडपर्वको रौनक छाइरहेका बेलामा एनसेलका ग्राहकले सामसङले चाडपर्वका अवसर पारेर उपलब्ध गराउँदै आएको छुटमा थप १२ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्छन्। यसबाट ग्राहकले अब कुल ३१ प्रतिशतसम्म...