नेभिगेशन
सबै कुरा

नेपाली उत्पादन अब थाइ बजारमा

काठमाडाैँ । जनता एग्रो एण्ड फरेष्ट्रि र थाइल्यान्डको राजधानी बैङ्ककस्थित रहेको बिजम्याच सोलुसन बिच सम्झौतामा हस्ताक्षर भएको छ ।  नेपालमा उत्पादन गरिएका प्रोडक्टहरुलाई थाईल्याण्डमा प्रमोट गर्ने उदेश्यका साथ उक्त सम्झौतामा हस्ताक्षर गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्झौतामा सेप्टेम्बर २५ मा बिजम्याच सोलुसनका तर्फबाट अध्यक्ष तथा सह–संस्थापक चित्रा मङ्गमा तथा जनता एग्रो एण्ड फरेष्ट्रिको तर्फबाट मार्केटिङ विभागका म्यानेजर आशिष सिलवाल र निसा देवकोटाले हस्ताक्षर गरेका हुन् ।  

Extreme Energy
citizen life

उक्त संस्थासँग सहकार्य गरी बैँकक बजारमा नेपाली उत्पादनलाई निर्यात गरी “मेड इन नेपाल” भनेर बजारीकरण गर्ने योजना रहेको बताइएको छ । व्यावसायिक कृषि, वनपैदावर, जडीबुटी तथा अन्य सम्बन्धित व्यवसायको विकास गर्दै नेपाली उत्पादनलाई विश्व बजारमा निर्यात गरी राष्ट्रिय अर्थतन्त्रलाई सबल तथा दिगो बनाउने लक्ष्य रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।

कृषि क्षेत्रमा प्रचुर सम्भावना बोकेको नेपालमा सानो लगानीबाटै प्रशस्त परिणाम प्राप्त गर्न सकिने तथा नेपाली उत्पादनलाई विदेशमा निर्यात गरी अर्थतन्त्रमा महत्वपुर्ण योगदान गर्न सकिने विश्वासका साथ समझदारी भएको कम्पनीले जनाएको छ । 

संस्थाले विदेशी संस्थासँग सहकार्य गर्दा नेपालको उत्पादनलाई विश्व बजारमा प्रवर्दधन गर्ने र उद्यमशीलता विकासका लागि उपयुक्त वातावरण सिर्जना गर्ने विश्वास लिएको छ । त्यस्तै बिजम्याच सोलुसनसँगको सहकार्यमा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय स्तरमा सफल बनाउने आफूहरुको प्रतिबद्धता रहेको जनता एग्रो एण्ड फरेष्ट्रिले जनाएको छ ।

२ संस्थाबिच संस्थागत एवं संयुक्त दायित्वहरू पुरा गर्ने प्रतिबद्धता सहित सम्झौता पत्रमा हस्ताक्षर गरी सहकार्यलाई अगाडि बढाइएको बताइएको छ । बिजम्याच सोलुसनका अधिकारीहरु यहि नोभेम्बरमा नेपाल भ्रमणमा आउँदै छन् ।  जसबाट नेपाली उत्पादनको सम्भावना तथा विविधताबारे अझबढी जानकारी बटुल्ने विश्वास लिएको छ, जसले नेपाली प्रोडक्डको प्रमोटमा अझै बढी सुदृढ हुने विश्वास गरीएको छ । 

जनता एग्रो एण्ड फरेष्ट्रिले नेपालमा उत्पादन हुने प्रोडक्टलाई नेपाल लगायत विश्व बजारमा प्रमोशन तथा प्रोत्साहनका निम्ति विभिन्न कार्यक्रमहरु गर्दै आईरहेको  छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

आफैँलाई ठेक्का पार्न ई–बिडिङको सरकारी सिस्टमै नै ह्याक गर्ने पूर्वमन्त्री विक्रम पाण्डे

कालिका कन्स्ट्रक्सनका सञ्चालक विक्रम पाण्डे एक साताअघि पक्राउ परे । उनीसँगै भिषण कन्स्ट्रक्सनका सञ्चालक टंककुमार श्रेष्ठ र चपुर निर्माण सेवा प्रालिका सञ्चालक अमृत बोहरा पनि समातिएका छन् ।...
शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

शेखर गोल्छालाई थप ३ दिन हिरासतमा राख्न अदालतको अनुमति

यसअघि गोल्छाविरुद्ध ४ दिन म्याद थप भएको थियो ।
देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

देशको आर्थिक अवस्था कस्तो छ ? अर्थमन्त्री वाग्लेल सार्वजनिक गरे स्वेतपत्र(पूर्णपाठ)

यसका साथै, नेपाल वित्तीय कारबाही कार्यदल (FATF) को ‘ग्रे–लिष्ट’ मा पर्दा अन्तर्राष्ट्रिय स्तरमा वित्तीय विश्वसनीयता गुमेको र वैदेशिक लगानी भित्र्याउन थप कठिन भएको श्वेतपत्रमा उल्लेख छ। मुलुक औद्योगिकीकरण...
ठेक्का हत्याउन सरकारी वेबसाइट ह्याक गर्ने थप २ जना पक्राउ

ठेक्का हत्याउन सरकारी वेबसाइट ह्याक गर्ने थप २ जना पक्राउ

उनीहरुले सरकारी सिस्टम ह्याक गरी ठेक्काहरुको आर्थिक प्रस्ताव खोल्नुभन्दा अगावै आर्थिक प्रस्तावको डकुमेन्ट परिवर्तन गरेको भनी उजुरी परेको थियो । साइबर ब्यूरोमा विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा...

भर्खरै