नेभिगेशन
सबै कुरा

सुन तस्करीमा वैकल्पिक मार्ग प्रयोग गर्दै तस्कर

१४ असोज, काठमाडौँ । तस्करले विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्न थालेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभन्दा बाहिरबाट सुन तस्करी गर्दा सहज हुने अनुमानका आधारमा तस्करले वैकल्पिक मार्ग प्रयोग गर्न थालेको प्रहरी अनुसन्धानमा खुलेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

पछिल्लो एक सातामा मात्रै दोलखाको वैकल्पिक मार्गबाट आएको ११ किलो सुन प्रहरीले बरामद भएको छ । प्रहरीले दोलखामा चार दिन अघि सात किलो सुन बरामद गरेको थियो भने आइतबार चार किलो सुन बरामद गरेको छ । यस्तै शुक्रबार रसुवाबाट एक किलो सुनसहित दुई जनालाई सिआइबीले नै पक्राउ गरेको प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुँवेर कडायतले बताए ।  

Everest cinsult

यी घटना हेर्दा विमानस्थलमा सुरक्षा व्यवस्था कडा भएको चाल पाएपछि उनीहरूले वैकल्पिक मार्ग प्रयोग गरेको निष्कर्षमा अन्य सीमा नाकामा निगरानी बढाइएको प्रहरीले जनाएको छ । 

यसअघि सुन तस्करीका घटना विमानस्थलबाटै भएको पाइएको थियो । त्यसमा पनि भन्सारका कर्मचारी कै मिलेमतो समेत पाइएको छ । अघिल्लो वर्ष विद्युतीय चुरोट (भेप) मा हालेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नौ किलो सुन तस्करी भएको थियो । गत साउन २ गते विमानस्थल हुँदै झण्डै ६१ किलो सुन तस्करी भयो । 

यी दुवै घटनाको मुद्दा अहिले अदालतमा विचाराधीन छ । यस्तै सिआइबीले ती घटनाका विषमया पुरक अनुसन्धान जारी राखेको छ । 

विमानस्थल हुँदै ल्याएको सुन र यी विभिन्न क्षेत्रमा बरामद भएको सुन प्रकरणको सम्बन्ध के छ भनेर अहिले प्रहरीको सिआइबीले अनुसन्धान गरिरहेको छ ।

पटकपटक विमानस्थल हुँदै सुन तस्करी भएका घटना बाहिरिरहेका बेला पछिल्ला केही घटनाक्रमले भने तस्करले विमानस्थलभन्दा वैकल्पिक मार्ग प्रयोग गरेर सुन तस्करी गरिरहेको पाइएको अनुसन्धानमा संलग्न प्रहरी अधिकृत नै बताउँछन् ।


प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) प्रमुख, एआइजी किरण बज्राचार्य ती घटनाको आपसी सम्बन्ध छ की छैन भनेर अनुसन्धान गरिरहेको बताउँछीन् । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

धरौटीमा रिहा भएलगत्तै पुनः पक्राउ परिन् अमला रोका

६० किलो सुन तस्करी प्रकरणमा २ लाख धरौटी बुझाएर रिहा हुनेबित्तिकै अमला रोका पुनः पक्राउ परेकी छिन् । उनलाई नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले पक्राउ गरेका हुन् ।
६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

६० किलो सुन तस्करी प्रकरणः अमला रोकालाई २ लाख धरौटीमा रिहा गर्न अदालतको आदेश

सुन तस्करी प्रकरणमा पक्राउ परेकी अमला रोकालाई घरौटीमा रिहा गर्न अदालतले आदेश दिएको छ । आइतबार हेर्दाहेर्दैमा रहेको मुद्दामा सोमबार जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले रोकालाई...