नेभिगेशन
सबै कुरा

मोटरसाइकलको ठक्करबाट दाङमा एक जनाको मृत्यु

दाङ । दाङको देउखुरीमा मोटरसाइकलको ठक्करबाट एक जनाको ज्यान गएको छ । ज्यान जानेमा लमही नगरपालिका–६ कुलामोहर बस्ने वर्ष ४६ का मंगल विक रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता इश्वर थापाले जानकारी दिए । विक लमही नगर विकास समितिका कार्यालय सहयोगी हुन ।  मोटरसाइकलले हिज विकलाई ठक्कर दिएको थियो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बिहिबार पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको रा ६ प ५४३० नम्बरको मोटरसाइकलले विपरित दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिँदा लमही नगर विकास समितिका कार्यालय सहयोगी विक गम्भीर घाइते भएका थिए । 

Ncell
Extreme Energy

गम्भीर घाइते विकलाई उपचारका लागि कोहोलपुर रिफर गरिएको थियो । उनको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने मोटरसाइकल चालक लमही नगरपालिका–८ बस्ने वर्ष २२ का एरोन चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

फेरी बढ्याे पेट्रोलियम पदार्थको मूल्य, कती पुग्याे ?

योसँगै पेट्रोल र डिजेलको मूल्य काठमाडौं, पोखरा र दिपायलमा  २ सय रुपैयाँ, सुर्खेत र दाङमा १ सय ९९ रुपैयाँ कायम हुने भएको छ । त्यस्तै, चारआली, विराटनगर, जकपुर,...
फेरी पक्राउ परे दुर्गा प्रसाईं

फेरी पक्राउ परे दुर्गा प्रसाईं

उनलाई शान्ति सुरक्षामा खलल पुर्‍याएको आरोपमा भक्तपुर प्रहरीले प्र्रसाईलाई निवासबाटै पक्राउ गरेको हो।
विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

विभाजित नेताहरुलाई जोड्ने उद्देश्यले कांग्रेसका युवा नेताहरुले सुरु गरे ‘देश र काँग्रेस जोड्ने’ अभियान

नेता नैनसिंह महर, रञ्जित कर्णलगायतको पहलमा सञ्चालन हुन लागेको अभियानअन्तर्गत साउन २० गते ‘राष्ट्रिय एकता भेला’ आयोजना गरिने जानकारी दिइएको छ ।  आयोजकका अनुसार पालिका, प्रदेशसभा तथा प्रतिनिधिसभा...