नेभिगेशन
सबै कुरा

पाटन अस्पताल पुगेर स्वास्थ्यमन्त्री पौडेलले भने, ‘खराबमध्येको राम्रो होइन, बिरामीलाई अझ सुविधा पुग्ने गरी उदाहरणीय बनाउनुस्’

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई बिरामीलाई अझ राहत हुने गरी सेवा प्रदान गर्न आग्रह गरेका छन् । अवलोकनका क्रममा शुक्रबार प्रतिष्ठान पुगेका मन्त्री पौडेलले प्रतिष्ठानले अन्य सरकारी अस्पतालका तुलनामा प्रतिष्ठानको सेवा राम्रो रहेको भए पनि अझ उदाहरणीय बनाउनुपर्ने बताए । ‘तपाईंहरुको सेवा तुलनात्मक रुपमा राम्रो छ, तर खराबमध्ये राम्रो मात्र भएर भएन, यसलाई अझ उदाहरणीय बनाउन जरुरी छ’, उनले भने ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मन्त्री पौडेलले अस्पतालले अनलाइन सेवा थालेकामा प्रशंसा गर्दै कुर्नुपर्ने समय अझ घटाएर बिरामीलाई सेवा दिन आग्रह गरे । ‘तपाईंहरुले अनलाइनमार्फत सेवा थाल्नुभएको छ’, उनले भने, तर यो धेरै नागरिकले थाहा पाउने गरी हुुनुपर्यो । र, अझ सहज हुने गरी हुनुपर्यो ।’

Ncell
Extreme Energy

मन्त्री पौडेलले अस्पताललाई अब विशिष्टिकृत बिरामीहरुको पनि उपचार हुने गरी सेवा विस्तार गर्न सुझाव दिए ।आफू अस्पताललाई के चाहिएको छ भनेर बुझ्न पनि आएको भन्दै मन्त्री पौडेलले सेवालाई प्रभावकारी बनाउन चाहिने कुरामा सघाउन मन्त्रालय तयार रहेको बताए । अस्पताल अवलोकनका क्रममा मन्त्री पौडेललाई प्रतिष्ठानका उपकुलपति डा. राजेश गंगोलले आफ्नै श्रोत साधनमा धेरै बिरामीलाई सेवा प्रदान गरिएको भन्दै अस्पतालको नयाँ भवनका लागि स्रोत खोजिदिन आग्रह गरेका थिए ।

मन्त्री पौडेलले अस्पतालमा बिरामीको चाप र साँघुरो भवनका कारण परेको अप्ठेरो आफूले महसुस गरेको भन्दै प्रतिष्ठानको भवनका लागि सकेसम्म सरकारी नभए वैदेशिक सहायता भए पनि खोज्नका लागि पहल गर्ने प्रतिबद्धता जनाए ।

‘यसवर्षको बजेट आइसकेकाले श्रोत नभए पनि अरु विकल्प वा वैदेशिक सहायताका लागि भए पनि भवनको श्रोत जुटाउन मेरो पहल हुनेछ’ु मन्त्री पौडेलले भने । मन्त्री पौडेलले विपद्का क्रममा घाइते बिरामीको उपचारबारे जानकारी लिंदै सरकारले घोषणा गरिएअनुसार नै निःशुल्क सेवा दिएकामा अस्पताललाई धन्यवाद दिए । 

प्रतिष्ठानका रजिष्ट्रार डाक्टर पारसकुमार आचार्यले दैनिक १५ सय हाराहारीमा ओपीडी बिरामीको उपचार गरिएको भन्दै सेवाको गुणस्तर बढाउन मन्त्रालयको निर्देशनअनुसार काम गर्ने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।