नेभिगेशन
सबै कुरा

हत्यारालाई माफी दिएर कानूनको दुरुपयोग भएको भन्दै रवि लामिछानेद्वारा राष्ट्रपतिलाई ध्यानाकर्षण

१५, असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले हत्या कसुरमा सजाय तोकिएका रिगल भनिने योगराज ढकाललाई कैद मिनाहा दिएको विषयमा राष्ट्रपतिको ध्यानाकर्षण गराएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सभापति लामिछानेले आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेटी माफी मिनाहा सम्बन्धी कानुनको दुरुपयोगका विषयमा सरकारको ध्यानाकर्षण गराउन आग्रह गरेका हुन् । 

Ncell
Extreme Energy

लामिछानेले आइतबार प्रतिनिधि सभाको बैठकमा समेत संविधान दिवसको दिन राष्ट्रपतिले मान्छे काट्नेलाई उन्मुक्ति दिएर साँझ भोज लगाएको भन्दै आपत्ती जनाएका थिए ।

असोज ३ गते संविधान दिवसका दिन सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ७५ कारागारमा कैद सजाय काटिरहेका ६७० जना कैदीको माफी मिनाहा गरेका थिए ।  जस मध्ये  नेपालगंजका रिगल भनिने योगराज ढकालले २०७२ साल असार २८ गते नेपालगञ्जका चेतन मानन्धरको खुँडा प्रहार गरि हत्या गरेका थिए । चेतनको हत्या गर्दा रिगल तरुण दल बाँके ३ का सभापति थिए ।

हत्या गरेर फरार भएका रिगललाई २०७६ वैशाखमा जिल्ला अदालत बाँकेका न्यायाधीश विष्णु सुवेदीले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएका थिए । रिगलले २०८० भदौ सम्म ४० प्रतिशत मात्रै सजाय भुक्तानी गरेका थिए ।

असल चालचलन भएको भन्दै संविधान दिवसका दिन नेपाल सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले ६० प्रतिशत कैद मिनाहा गरेका थिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

कानुनी तथा नीतिगत अस्पष्टता हटाउन सरकार गम्भीर छः मन्त्री गौतम

विभिन्न सरकारी निकायका डिजिटल प्रणालीलाई आपसमा जोडेर अदालतका फैसला तथा त्यसको कार्यान्वयनको अवस्था एकीकृत रूपमा हेर्न सकिने व्यवस्था गर्न सके पारदर्शिता बढ्ने उहाँको विश्वास छ । जिल्ला अदालतले...
एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

एनसेलसम्बन्धी प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

तर २०८३ साउन २६ गतेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन सार्वजनिक गर्ने निर्णय गरेको थियो । र अहिले सर्वोच्चले साउन २६ गतेको एनसेलको प्रतिवेदन सार्वजनिक गर्नेसम्बन्धी निर्णय कार्यान्वयन नगरी...
सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सांसदले निजी स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चमा रिट

सर्वोच्च अदालतमा आज अविधक्ताद्वय डा प्रेमराज सिलवाल र मनिराम उपाध्यायले दायर गरेको रिट निवेदनमा सांसदहरूले निजी स्वीकयसचिव राख्ने सम्बन्धमा भएको निर्णय कानुनविपरीत हुने मात्र नभई यो संविधानको भावना...
विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतमा २६१ मुद्दा रहेकामा १५५ फछर्योट, १०६ वटा बाँकी

विशेष अदालतले यस वर्ष गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी पाँच थान, निर्णयगत अनियमितता १०४  थान, नक्कली प्रमाणपत्र १२ थान, घुस (रिसवत) ३२ थान, सम्पत्ति शुद्धीकरणसम्बन्धी एक थान मुद्दा फछर्योट गरेको...