नेभिगेशन
सबै कुरा

मन्त्री भण्डारीद्वारा खाने तेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घका पदाधिकारीसँग खानेतेलको मूल्य तथा आपूर्तिको अवस्थाबारे जानकारी लिएका छन् । उनले उपभोक्तालाई मर्का नपर्ने गरेर बजारमा खानेतेलको आपूर्तिको व्यवस्था गर्न आग्रह गरे ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सङ्घका अध्यक्ष विकास दुगडसहितको टोलीले मन्त्री भण्डारीलाई आज सिंहदरबारस्थित मन्त्रालयमा खानेतेलको मूल्य र आपूर्ति अवस्थाबारे जानकारी गराएको हो । अध्यक्ष दुगडले अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य परिवर्तन र जलवायु परिवर्तनका कारण मूल्यवृद्धिको अवस्था आएको मन्त्री भण्डारी समक्ष जानकारी गराए । 

Marvel

मन्त्री भण्डारीले विपद् र चाडपर्वका बेला मूल्य वृद्धि गर्न नहुने उल्लेख गर्दै वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक राजन पौडेलसहित बैठक बसेर उपभोक्तालाई मर्का नपर्ने गरेर समाधान निकाल्न निर्देशन दिए । 

सो क्रममा सङ्घका अध्यक्ष दुगड, पूर्वअध्यक्ष सन्दीप अग्रवाललगायतले खानेतेल उत्पादक उद्योगीले वाणिज्य मन्त्रालयअन्तर्गतको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले सिधै खरिद गरेर बिक्री गर्दा उपभोक्ताले बजार मूल्यभन्दा सस्तोमा खाने तेल खरिद गर्न पाउने बताए । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अध्यक्ष रमेश आचार्यले उद्योगबाट सिधै तेल खरिद गरेर उपभोक्ताले सस्तोमा पाउने भएकाले खरिद प्रक्रिया अगाडि बढाइएको जानकारी गराए । 

यसैबीच सोही क्रममा नेपाल चामल तेल उत्पादक सङ्घका विभोर अग्रवालले विगतको तुलनामा चामलको मूल्य कम रहेको र चाडपर्वका बेला चामल तथा दालको मूल्य वृद्धि नहुने जानकारी दिए । उनले तिहारपछि भारतले निर्यात शुल्क १० प्रतिशत वृद्धि गर्न लागेकाले वाणिज्य मन्त्रालयले पहल गरे त्यो हट्ने र मूल्य वृद्धि नहुने बताए। 

विपद् पीडितलाई राहत

नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घ र नेपाल चामल तेल उत्पादक सङ्घले मन्त्री भण्डारीको आग्रहमा विपद्का कारण पीडित भएका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको छ । दुवै सङ्घले आज ललितपुरलगायत विभिन्न ठाउँका सर्वसाधारणका लागि खाद्यान्न उपलब्ध गराएको हो । नेपाल वनस्पति घ्यू तेल उत्पादक सङ्घले चामल तीन सय ६० बोरा, चिउरा एक सय बोरा, मसूर दाल ४० बोरा र तोरीको तेल दुई सय लिटर उपलब्ध गराएको छ ।

यस्तै नेपाल चामल तेल उत्पादक सङ्घले चामल एक सय ४० बोरा र मसुरको दाल ४० बोरा उपलब्ध गराएको छ । यसैबीच दुवै सङ्घले नागरिकमा पर्न गएको ठूलो विपत्ति तथा जनधनको क्षतिमा गहिरो दुःख व्यक्त गर्दै प्राकृतिक विपत्तिको समयमा विपत्तिमा पर्न गएका व्यक्ति र परिवारमा केही भए पनि राहत प्रदान गरेको जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै