नेभिगेशन
सबै कुरा

डिजिटल लाइसेन्सको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

काठमाडाैँ । बागमती प्रदेशको श्रम, रोजगार, तथा यातायात मन्त्रालयले डिजिटल सवारीचालक अनुमतीपत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ । शुक्रबार सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जनले  प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिक एपमा रहेको क्युआर सहितको डिजिटल सवारीचालक अनुमतिपत्र रिड गर्नका लागि प्रदेश सरकारले ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलव्ध गराएको हो । कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री दाहालले यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले समयमा नै सवारीचालक अनुमतिपत्रको छपाई हुन नसकेको अवस्थामा अव सम्बन्धीत प्रदेशले नै छपाई गर्ने गरि जिम्मेवारी हस्तान्तरण गरिएको बताए ।

Marvel

त्यस्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरले ट्राफिक प्रहरीको कामकारवाहीलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले पारदर्शी सेवा सञ्चालन गर्नका लागि डिजिटल सवारीचालक अनुमतीपत्रको नियमन र डिजिटल प्रणालीबाटै कारवाही गरिने जिकिर गरे ।

उनले राष्ट्रिय परिचय पत्र र यातायात प्रणाली लिङ्क भएको अवस्थामा राष्ट्रिय परिचय पत्रबाट पनि सवारी चालक अनुमतिपत्र देखाउन सकिने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै