नेभिगेशन
सबै कुरा

डिजिटल लाइसेन्सको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण

काठमाडाैँ । बागमती प्रदेशको श्रम, रोजगार, तथा यातायात मन्त्रालयले डिजिटल सवारीचालक अनुमतीपत्रको नियमनका लागि ट्राफिक प्रहरीलाई स्मार्टफोन हस्तान्तरण गरेको छ । शुक्रबार सिंहदरबारस्थित भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयमा आयोजित कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल र बागमती प्रदेशका यातायातमन्त्री प्रेमभक्त महर्जनले  प्रहरी महानिरीक्षक बसन्त कुँवरलाई स्मार्टफोन हस्तान्तरण गरेका हुन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नागरिक एपमा रहेको क्युआर सहितको डिजिटल सवारीचालक अनुमतिपत्र रिड गर्नका लागि प्रदेश सरकारले ट्राफिक प्रहरीलाई स्मार्टफोन उपलव्ध गराएको हो । कार्यक्रममा भौतिक, पूर्वाधार तथा यातायातमन्त्री दाहालले यातायात क्षेत्रमा देखिएका समस्यालाई समाधान गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए । उनले समयमा नै सवारीचालक अनुमतिपत्रको छपाई हुन नसकेको अवस्थामा अव सम्बन्धीत प्रदेशले नै छपाई गर्ने गरि जिम्मेवारी हस्तान्तरण गरिएको बताए ।

Ncell
Extreme Energy

त्यस्तै प्रहरी महानिरीक्षक बसन्त कुँवरले ट्राफिक प्रहरीको कामकारवाहीलाई सूचना प्रविधिमैत्री बनाउँदै लैजाने बताए । उनले पारदर्शी सेवा सञ्चालन गर्नका लागि डिजिटल सवारीचालक अनुमतीपत्रको नियमन र डिजिटल प्रणालीबाटै कारवाही गरिने जिकिर गरे ।

उनले राष्ट्रिय परिचय पत्र र यातायात प्रणाली लिङ्क भएको अवस्थामा राष्ट्रिय परिचय पत्रबाट पनि सवारी चालक अनुमतिपत्र देखाउन सकिने जिकिर गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।