नेभिगेशन
सबै कुरा

मुग्लिनमा रविको विरोध गर्न पुगेकाहरुलाई स्थानीयले लखेटे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नाराबाजी गर्न मुग्लिन पुगेको समूहलाई स्थानीयले लखेटेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाईका लागि चितवनको इच्छाकामना गाउँपालिका पुगेका लामिछानेविरुद्ध नाराबाजी गर्न कार्यक्रमस्थल पुगेका उनीहरुले ब्यानरसहित नाराबाजी गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई सहकारी पीडित बताउने उनीहरु युवा संघको कार्यकर्ता भएको मुग्लिनका स्थानीयको दाबी छ । एक स्थानीयका अनुसार लामिछाने कार्यक्रम सकेर भरतपुरतर्फ लाग्ने क्रममा उनीहरुले विरोधको प्रयास गरेका थिए । उनले भने, ‘भरतपुरबाट आएका केही कार्यकर्ताहरु विरोधमा उत्रिएका थिए । उनीहरुले नाराबाजी गर्न सुरु गर्नासाथ स्थानीयले लखेटे । केही बेरमै अवस्था सामान्य बन्यो । खासै ठूलो कुरो केही भएन’

Ncell
Extreme Energy

आन्दोलनकर्ताहरु भागदौड गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा करिब एक दर्जन मानिसहरु विरोधमा उत्रिएको देखिएको छ । रास्वपा सभापति लामिछाने भने आफ्ना थप कार्यक्रमका लागि भरतपुरतर्फ लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।