नेभिगेशन
सबै कुरा

मुग्लिनमा रविको विरोध गर्न पुगेकाहरुलाई स्थानीयले लखेटे

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध नाराबाजी गर्न मुग्लिन पुगेको समूहलाई स्थानीयले लखेटेका छन् । आफ्नो निर्वाचन क्षेत्रमा तेस्रो सार्वजनिक सुनुवाईका लागि चितवनको इच्छाकामना गाउँपालिका पुगेका लामिछानेविरुद्ध नाराबाजी गर्न कार्यक्रमस्थल पुगेका उनीहरुले ब्यानरसहित नाराबाजी गरेका थिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफूलाई सहकारी पीडित बताउने उनीहरु युवा संघको कार्यकर्ता भएको मुग्लिनका स्थानीयको दाबी छ । एक स्थानीयका अनुसार लामिछाने कार्यक्रम सकेर भरतपुरतर्फ लाग्ने क्रममा उनीहरुले विरोधको प्रयास गरेका थिए । उनले भने, ‘भरतपुरबाट आएका केही कार्यकर्ताहरु विरोधमा उत्रिएका थिए । उनीहरुले नाराबाजी गर्न सुरु गर्नासाथ स्थानीयले लखेटे । केही बेरमै अवस्था सामान्य बन्यो । खासै ठूलो कुरो केही भएन’

Marvel

आन्दोलनकर्ताहरु भागदौड गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ । उक्त भिडियोमा करिब एक दर्जन मानिसहरु विरोधमा उत्रिएको देखिएको छ । रास्वपा सभापति लामिछाने भने आफ्ना थप कार्यक्रमका लागि भरतपुरतर्फ लागेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै