नेभिगेशन
सबै कुरा

खाद्य पदार्थको अनुगमनका क्रममा दुई वटा फर्ममा अखाद्य पदार्थ भेटियो

काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौँ उपत्यकामा चाडपर्व लक्षित खाद्य पदार्थको अनुगमनलाई निरन्तरता दिने क्रममा दुई वटा फर्मको अनुगमनका क्रममा अखाद्य पदार्थ भेटिएको जनाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विभागले मोवाइल फुड ल्याव भ्यानको प्रयोग गरी चाडपर्व लक्षित खाद्य पदार्थको निरीक्षण तथा अनुगमनका लागि टोली खटाएको थियो । खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम खाद्य उद्योग एवं व्यवसायको निरीक्षण अनुगमन गर्दा एउटा खाद्य कम्पनी र एउटा डेरी गरी दुईवटा फर्ममा अखाद्य पदार्थ भेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले  जानकारी दिए । 

Ncell
Extreme Energy

पेप्सीकोलास्थित सूर्यमुखी डेरी पसल र एबी टिपिकल थकालीका खाद्य पदार्थको नमूनाको प्रारम्भिक जाँच गर्दा कैफियतसहित अखाद्य पदार्थ भेटिएको उनले जानकारी दिए । सूर्यमुखी डेरी पसलको प्रशोधित दुधको नमूनाको विस्तृत परीक्षणका लागि नमूना सङ्कलन गरी प्रयोगशालामा पठाइएको जनाइएको छ ।

एबी टिपिकल थकालीमा बेकरी सर्टेनिङ्गको प्रारम्भिक चेकजाँच गर्दा कैफियत देखिएको थियो । विभागले बेकरी सर्टेनिङ्गको प्रयोग नगर्न सो कम्पनीलाई निर्देशन दिएको छ । विभागले त्यस क्षेत्रका पाँच फर्ममा अनुगमन गर्दा तीन वटामा भने कुनै कैफियत नपाइएको जनाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका तीन प्रदेश सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार समितिको निर्णयबारे सम्बन्धित प्रदेशसभा सदस्यहरूलाई टेलिफोन, म्यासेज, म्यासेन्जर, भाइबर, ह्वाट्सएपलगायत विभिन्न माध्यमबाट सूचना पठाइएको छ।
टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्ने मन्त्री चौधरीको प्रतिवद्धता

थारू कल्याणकारिणी सभाले हरेक वर्ष भदौ ७ गते टीकापुर विद्रोह दिवसका रूपमा विभिन्न कार्यक्रम आयोजना गर्दै आएको छ। यस वर्ष पनि ‘टीकापुर विद्रोह, आन्दोलनको माग मुद्दा एवं अबको...
२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

२१ सिट हुँदा प्रधानमन्त्री बन्न मेरो मात्रै हस्ताक्षर बाँकी राखेर प्रस्ताव आएको थियोः रवि लामिछाने

काठमाडौँमा आयोजित पार्टीको नीति, संगठन र नेतृत्व कार्यशालामा सम्बोधन गर्दै उनले पार्टीका नेताहरुलाई उनले सो कुरा बताएका हुन् । उनले भने, ‘मलाइ २१ सिटको दलको नेताको रुपमा प्रधानमन्त्री...
नाडा अटो शोको तयारी अन्तिम चरणमा

नाडा अटो शोको तयारी अन्तिम चरणमा

करिब तीन लाख वर्गफिट क्षेत्रफलमा आयोजना हुने प्रदर्शनीमा २०० भन्दा बढी स्टल रहनेछन्। यात्रुवाहक सवारीका २३, हल्का व्यावसायिक सवारीका १७ र दुईपांग्रे सवारीका १३ गरी कुल ५३ वटा...