नेभिगेशन
सबै कुरा

अब हुने सबै चुनावमा माओवादी केन्द्रले एक्लै प्रतिस्पर्धा गर्ने प्रचण्डको उद्घोष

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एकल उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्ने उद्घोष गरेका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेकपा माओवादी केन्द्र दोलखा –काठमाडौँ सम्पर्क– समन्वय समितिले आज यहाँ आयोजना गरेको छलफलमा उनले विगतमा कांग्रेस र एमालेसँग गठबन्धन गरेर चुनाव लड्दा माओवादीको पहिचान कमजोर भएको बताए । उनले अब एकल प्रतिस्पर्धामा जाने गरी पार्टीले तयारी थालेको र त्यसको आरम्भ आगामी मङ्सिरमा हुने उपनिर्वाचनबाट गरिने बताए ।

आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियानप्रति  जनतामा नयाँ आशा र आकर्षण पैदा भएको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा एक्लै विजयी हुनेगरी अभियान थाल्ने बताए ।  जनताले माओवादीप्रति देखाएको आशा र आकर्षणलाई सङ्गठन निर्माण र जनलपरिचालनसँग जोडेर आगामी निर्वाचन एक्लै जित्ने वातावरण बनाउने प्रतिबद्धता व्यक्त गरेको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । 

हालैको अविरल वर्षाका कारण उत्पन्न सङ्कट समाधानका लागि आफ्नो पार्टीले महत्वपूर्ण पहलकदमी लिएको जानकारी दिंदै उनले जनताको सेवा गर्न सरकारमा रहने वा नरहने कुराले अर्थ नराख्ने उल्लेख गर्दै प्राकृतिक विपत्तिको घडीमा आफ्नो पार्टीले अग्रपङ्क्तिमा रहेर काम गरिरहेको बताए । 

समस्यामा परेका जनताको सेवा गर्ने कार्यक्रम बनाउन नेता कार्यकर्ताहरुलाई आग्रह गर्दै अध्यक्ष दाहालले अहिले धेरै बुद्धिजीवी र अन्य दलका नेता कार्यकर्ताहरुले पनि जनताको अधिकार अझ सुदृढ गर्न माओवादी नेतृत्व अगाडि आउनुपर्छ भन्ने आग्रह गरिरहेको बताए । उनले मुलुक र जनताको नेतृत्व गर्नु भनेको प्रधानमन्त्री हुनु मात्र होइन, जनताका साथमा रहेर उनीहरूको हितका निम्ति आन्दोलनको नेतृत्व गर्नु पनि हो भने ।

जनताप्रतिको निष्ठाका कारण पार्टी नेतृत्वमा आत्मविश्वास पैदा हुँदै गएका, भूकम्पका बेलामा होस् वा संविधान निर्माण र कार्यान्वयन,  सत्तापक्ष र विपक्षको आँखाले नहेरी राष्ट्र र जनतालाई केन्द्रमा राखेर माओवादी केन्द्रले काम गरिरहेको जनताले बुझेका बताए । 

अन्तरराष्ट्रिय जगत्मा पनि आफ्नो पार्टीको गरिमा बढेको भन्दै उनले मुलुकको कूटनीति कुशलतापूर्वक सञ्चालन गरेको तथा त्यस क्रममा राष्ट्रसङ्घीय खाद्य सम्मेलन, संयुक्त राष्ट्रसङ्घको ७८ औँ महासभा र जलवायु सम्मेलनमा सहभागी भएर पार्टी र देशको गौरव बढाएको बताए । भारत र चीनसँगको सन्तुलित कूटनीतिका कारण माओवादी केन्द्र र यसको नेतृत्व विश्वसमुदायमाझ  स्थापित भएको दाबी उनले गरे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

कास्की  ३ मा रास्वपाकी गुरुङ निर्वाचित

बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा गुरुङले ३७ हजार ७५० मत ल्याएर निर्वाचित भएकी हुन । निर्वाचनमा नेपाली कांग्रेसका मनोज गुरुङ १२ हजार ७८० मत सहित दोस्रो बनेकी छन्...
काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

काठमाडौँका १० वटै निर्वाचन क्षेत्रमा रास्वपाको जित निश्चित

मतगणना भइसकेका ६ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदवार निर्वाचित भइसकेका छन् भने मतगणना हुन बाँकी रहेका ४ वटा निर्वाचन क्षेत्रमा रास्वपाका उम्मेदरवारको भारी मतान्तर रहेको रहेको देखिन्छ ।...
काठमाडौ ६ मा रास्वपाका  शिशिर खनाल निर्वाचित

काठमाडौ ६ मा रास्वपाका  शिशिर खनाल निर्वाचित

उनले २७ हजार ९ सय १६ मत प्राप्त गरेका छन् । रास्वपाका उम्मेदवार खनाल निकै भारी मतान्तरले निर्वाचित भएका छन् । उनको मतान्तर २१ हजार २९ रहेको छ...
काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

काठमाडौँ ७ मा रास्वपाका गणेश पराजुली भारी मतान्तरले निर्वाचित

रास्वपाका उम्मेदवार पराजुली २७ हजार आठ सय ५ मत प्राप्त गर्दै विजयी भएका हुन । पराजुली निकै भारी मतान्तरले निर्वाचित भएका छन् ।