नेभिगेशन
सबै कुरा

सहकारी पीडितको आवरणमा रविमाथि आक्रमण गर्ने कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगे कांग्रेस जिल्ला सभापति

चितवन ।  चितवनमा रास्वपा सभापति रवि लामिछानेमाथि ढुंगामुडा गरी पक्राउ परेका व्यक्तिहरु सहकारी पीडित नभएको खुलेको छ । उनीहरु कांग्रेस र एमालेका कार्यकर्ता भएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट कार्यक्रम’ विथोल्न खोजिएको थियो । शनिबार ११ वजेका लागि तोकिएको उक्त कार्यक्रममा केही मानिसहरुको हुल जवरजस्ती होहल्ला गर्दै कार्यक्रमस्थल प्रवेश गर्न खोजेका थिए । सो क्रममा उनीहरुले ढुंगामुडा समेत गरेका थिए । 

Ncell
Extreme Energy

ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 

ढुंगा प्रहार गर्नेलाई प्रहरीले तितरवितर गरेको थियो । जसमध्ये दुईजनालाई पक्राउ गरिएकाे प्रहरीले  जनाएकाे छ । पक्राउ पर्नेहरुमा अनमोल अधिकारी र हरि आचार्य रहेका छन् । अधिकारी चितवन कांग्रेसका प्रवक्ता हुन् भने आचार्य नेरास्विवयुमा आवद्ध छन् ।

उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति  राजेश्वर खनाल प्रहरी चौकी पुगेका छन् । सहकारी पीडितको अवरणमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले सभापतिमाथि आक्रमण गरिएको चितवनका रास्वपा नेताहरुले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।