नेभिगेशन
सबै कुरा

सहकारी पीडितको आवरणमा रविमाथि आक्रमण गर्ने कार्यकर्ता छुटाउन प्रहरी कार्यालय पुगे कांग्रेस जिल्ला सभापति

चितवन ।  चितवनमा रास्वपा सभापति रवि लामिछानेमाथि ढुंगामुडा गरी पक्राउ परेका व्यक्तिहरु सहकारी पीडित नभएको खुलेको छ । उनीहरु कांग्रेस र एमालेका कार्यकर्ता भएको पाइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपा सभापति एवं चितवन–२ का सांसद रवि लामिछानेले भरतपुरको नारायणी कला मन्दिरमा आज आयोजना गरेको ‘चितवनवासीसँग भेटघाट कार्यक्रम’ विथोल्न खोजिएको थियो । शनिबार ११ वजेका लागि तोकिएको उक्त कार्यक्रममा केही मानिसहरुको हुल जवरजस्ती होहल्ला गर्दै कार्यक्रमस्थल प्रवेश गर्न खोजेका थिए । सो क्रममा उनीहरुले ढुंगामुडा समेत गरेका थिए । 

Marvel

ढुंगा लागेर सफल गुप्ता थापा र अमित गुप्ता घाइते भएका छन् । उनीहरुको भरतपुर अस्पतालमा उपचार भइरहेको छ। 

ढुंगा प्रहार गर्नेलाई प्रहरीले तितरवितर गरेको थियो । जसमध्ये दुईजनालाई पक्राउ गरिएकाे प्रहरीले  जनाएकाे छ । पक्राउ पर्नेहरुमा अनमोल अधिकारी र हरि आचार्य रहेका छन् । अधिकारी चितवन कांग्रेसका प्रवक्ता हुन् भने आचार्य नेरास्विवयुमा आवद्ध छन् ।

उनीहरुलाई छुटाउन कांग्रेस जिल्ला सभापति  राजेश्वर खनाल प्रहरी चौकी पुगेका छन् । सहकारी पीडितको अवरणमा कांग्रेस र एमालेका कार्यकर्ताहरुले सभापतिमाथि आक्रमण गरिएको चितवनका रास्वपा नेताहरुले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै