नेभिगेशन
सबै कुरा

क्रमशः क्षीण हुँदै मनसुन, आज केही भागमा वर्षाको सम्भावना


Watch On

Facebook Tiktok Youtube Instagram Twitter

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ ।

Ncell
Extreme Energy

विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना  छ ।

विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी  प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।

मौसमविद् सरोज पुडासैनीका अनुसार मनसुन क्रमशः क्षीण हुँदै गएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

धरानको सबस्टेशन स्तरोन्नतिको काम तीव्र बनाउन मन्त्री श्रेष्ठको निर्देशन

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले धरान सबस्टेशनको स्थलगत अनुगमन गर्दै विद्युत् आपूर्ति थप भरपर्दो बनाउन स्तरोन्नतिको काम तीव्र गतिमा अघि बढाउन निर्देशन दिएका छन्।
शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

शिक्षा विधेयकको मस्यौदाअघि आइतबार सातै प्रदेशका सुझावको समीक्षा

विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्नुअघि सातै प्रदेशबाट प्राप्त सुझाव तथा निष्कर्षको समग्र समीक्षा आइतबार काठमाडौंमा गरिने भएको छ।
गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको जङ्गलमा पाँच थान भरुवा बन्दुक फेला

गोरखाको आरुघाट गाउँपालिका–६ चिहानडाँडास्थित जङ्गलमा पाँच थान भरुवा बन्दुक बेवारिसे अवस्थामा फेला परेका छन्।
सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

सरकार र नागरिक बचाउ महाअभियानबीच केके भयो सहमति?

नेपाल सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नेपालबीच १४ बुँदे सहमति भएको छ।