नेभिगेशन
सबै कुरा

बाढीपीडित र क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने गृहमन्त्रीको प्रतिवद्धता

ललितपुर । गृहमन्त्री रमेश लेखकले तत्काल लाभग्राहीहरुको विवरण पठाउन जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई निर्देशन दिएका छन् । आज ललितपुरको गोदावरीमा बाढी र पहिरो प्रभावित क्षेत्रको निरीक्षणपश्चात् जिल्ला प्रशासन कार्यालय र जिल्ला सुरक्षा समितिलाई लाभग्राहीहरुको विवरण पठाउन निर्देशन दिँदै उनले क्षतिको मूल्याङ्कन गरेर तीन दिनभित्र राहत उपलब्ध गराउने सरकारको योजना रहेको जानकारी दिए । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

“सरकारले यो समस्यालाई गम्भीर रुपमा लिएको छ, सकेसम्म छिटो उद्धार, राहतसामग्री वितरण गरी नागरिकको जीवन सहज बनाउने हाम्रो दायित्व हो, खोजी तथा उद्धारको काम भइरहेको छ । बाढीपहिरो प्रकोपले देशका विभिन्न क्षेत्रमा जनधनको क्षति भएको छ”, गृहमन्त्री लेखकले भने, “क्षतिको यकिन विवरण सङ्कलनको काम पनि भइरहेकाले यसमा सबै संवेदनशील भएर काम गर्नु आवश्यक छ”, । उनले पीडित घाइतेको निःशुल्क उपचार भइरहेको जनाउँदै सोको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने बताए । 

Marvel

गृहमन्त्री लेखकले आज बिहान सुरक्षा समितिसँगको बैठकमा राहत उद्धार तथा भौतिक क्षतिका बारेमा जानकारी लिएका थिए । यसैक्रममा उनले पहिरोले क्षति पु¥याएको लेलेको आनन्दवन अस्पताल क्षेत्रको पनि निरीक्षण गरे । अस्पताल परिसरमा गएको पहिरोमा परी ३२ वर्षदेखि अस्पतालको रिसर्च टेक्निकल अफिसरमा कार्यरत विवेक सिंहको मृत्यु भएको थियो ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठले हालसम्म ३९ जना मृतकका परिवारलाई दुई लाखका दरले घरमै पुगेर रकम प्रदान गरिएको जानकारी गृहमन्त्री लेखकलाई गराएका थिए । उनले बाँकी मृतकका परिवारलाई रकम उपलब्ध गराउने विषयमा समन्वय भइरहेकाले तत्काल उपलब्ध गराइँने जानकारी गराए । 

निरीक्षणका क्रममा बागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, जिल्ला समन्वय समिति ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, गोदावरी नगरप्रमुख गजेन्द्र महर्जन, स्थानीय वडाध्यक्षलगायत प्रहरी प्रमुखसहितका अधिकारीहरु सहभागी थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै