नेभिगेशन
सबै कुरा

सुनसरीमा किसान भन्छन्, ‘यसपटकको दसैँ दशा भएर आयो’

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए। उनले ती मध्ये उनले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दसैँ अगाडि नै धान भित्र्याइने सोच बनाएको थिए ।  आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”

Marvel
Extreme Energy

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए। उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यसपटक दसैँ दशा भएर आयो । ” 

बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।

 कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनले बाढीबाट रु दुई करोड ५० लाख बराबरको धान नोक्सानी भएको बताए। उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी  छ  । ”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

आर्थिक वर्षको सुरुवातमै सिँचाइ र नदी नियन्त्रणमा गति: दुई महिनामै १०२ बोलपत्र, मनसुनअघि ८० भन्दा बढी आपतकालीन ठेक्का

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती महिनामै सिँचाइ विस्तार, नदी नियन्त्रण र जल उत्पन्न विपद् व्यवस्थापनका काममा उल्लेखनीय...
नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली व्यवसायलाई विश्व बजारसँग जोड्न ‘नेपाल अनबाउन्ड’ सम्मेलन

नेपाली उद्यमशीलता, लगानी र व्यवसायलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्ने उद्देश्यसहित ‘नेपाल अनबाउन्ड : नेपाली बिजनेस बियोन्ड बोर्डर्स’ सम्मेलन काठमाडौंमा सम्पन्न भएको छ।
मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

मिडियाको मुख थुन्न भएका गतिविधि सही र सह्य छैनन्ः रास्वपा सचेतक क्रान्तिशिखा धिताल

शुक्रबार समाचारको विषयमा प्रहरीले नेपाल प्रेस र डिएनए खबरका पत्रकारलाई पक्राउ गरेको थियो भने नयाँ पत्रिका र दियो पोस्टका कार्यालयमा धरपकड गरेको थियो ।
‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

‘प्रहरी राज’ बन्द गर: प्रकाशचन्द्र परियार

संविधानमै सुनिश्चित गरिएको प्रेस स्वतन्त्रताको संरक्षण र संबर्द्धन गर्ने दायित्व रहेको राज्यको शक्तिशाली संगठन प्रहरीको शैली ‘पुलिस स्टेट’ याने ‘प्रहरी राज’ उन्मुख देखिएको बताएका हुन् ।

भर्खरै