नेभिगेशन
सबै कुरा

सुनसरीमा किसान भन्छन्, ‘यसपटकको दसैँ दशा भएर आयो’

सुनसरी । सुनसरी देवानगञ्ज गाउँपालिका-२ का रामवृक्ष मेहताले पाँच बिघाभन्दा बढीमा धानखेती गरेका थिए। उनले ती मध्ये उनले करिब दुई बिघाभन्दा बढीमा घुटराज जातको धानखेती गरेका थिए । उनले भने, “दसैँ अगाडि नै धान भित्र्याइने सोच बनाएको थिए ।  आफूलाई खानपुग्ने धान घरमा राखेर बाँकी बिक्री गर्ने तयारी समेत गरेको थिए ।  यसबाट आएको आम्दानीबाट दसैँ मनाउने सोच थियो । ”

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

यही असोज ११, १२ र १३ गते परेको वर्षासँगै आएको बाढीले धानखेतीमा क्षति पुर्‍याउँदा किसान मेहताको उद्देश्य पूरा हुन पाएन ।  उनले भने, “बाढीबाट १० कठ्ठाभन्दा बढीको धानखेतीमा क्षति भएको छ । ”

Ncell
Extreme Energy

यसैगरी भोक्राहा नरसिंह गाउँपालिकाका देवनारायण मेहताले दुई बिघामा धानखेती गरेका थिए। उनले खेतको गोडमेल, रोपाइँ, सिँचाइलगायत व्यवस्थाका लागि प्रतिबिघा रु ४० हजार खर्च गरेका थिए । उनले भने, “बाढीले  भित्र्याउने बेलमा भएको धानबालीमा धेरै नै क्षति भयो ।  यसपटक दसैँ दशा भएर आयो । ” 

बाढीका कारणले जिल्लाको धानबालीमा धेरै क्षति भएको छ । धानखेतीका लागि किसानले प्रतिबिघा रु ३० हजारदेखि ४० हजार खर्च गर्दै आएका जनाइएको छ ।  

धान पाकेर भित्र्याउने बेलामा आएको बाढीले खेतीसँगै लाखौँको लगानीमा क्षति भएको किसानको गुनासो रही आएको छ । जिल्लामा बाढीका कारणले धानखेतीमा भएको क्षतिको आँकल एवं तथ्याङ्क सङ्कलन जारी रहेको छ ।

 कृषि ज्ञान केन्द्र इनरुवाका प्रमुख निलकमल सिंहले  बाढीले एक सय ९५ हेक्टरमा लगाएको धानखेतीमा क्षति भएको प्रारम्भिक अनुमान गरिएको जानकारी दिए। उनले बाढीबाट रु दुई करोड ५० लाख बराबरको धान नोक्सानी भएको बताए। उनले भने, “बाढीबाट धानखेतीमा भएको क्षतिको तथ्याङ्क आउने क्रम जारी  छ  । ”

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका तीन सांसदलाई १२ घण्टाभित्र स्पष्टीकरण दिन निर्देशन

राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार पार्टीको केन्द्रीय अनुशासन समितिले प्रदेश सभा सदस्यहरू राजु विष्ट, राजेन्द्र प्रजापति र गिरबहादुर तामाङलाई ‘किन कारबाही नगर्ने ?’ भन्दै १२ घण्टाभित्र स्पष्टीकरण पेश...
खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

खुल्दै बेचिन लागेका ७ उद्योग, सरकारले बन्द उद्योग चलाउन सक्ला ?

उद्योग मन्त्रालयले हेटौँडा कपडा उद्योग पुनः सञ्चालन गर्ने निर्णय गर्‍यो । कार्यदल गठन गर्‍यो । कार्यदलले पनि उद्योग सञ्चालन गर्न सकिने निष्कर्षसहितको प्रतिवेदन बुझायो । एकातिर उद्योग मन्त्रालयले...
वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

वन क्षेत्र अतिक्रमण गरी निर्माण गरिएका संरचना भत्काउन निर्देशन

पश्चिम नवलपरासीमा वन क्षेत्रमा बन्दै गरेको भवन निर्माण कार्य रोकि अबैध संरचना हटाऊन वन कार्यालयले निर्देशन दिएको छ । सिधाकुरामा भाद्र ३ गते 'सुनवलमा वन क्षेत्र अतिक्रमण गरी...
आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

आर्थिक वर्षको पहिलो ३४ दिनमा संकलन भयो एक खर्ब राजस्व

कार्यालयका अनुसार कुल एक खर्ब राजस्वमध्ये भन्सार महशुलतर्फ १४.५५ प्रतिशत, अन्तशुल्कतर्फ १५.४६ प्रतिशत र आयकर २२.१७ प्रतिशत संकलन भएको छ। यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ ३४.०४ प्रतिशत...