नेभिगेशन
सबै कुरा

चाडपर्व लक्षित सुरक्षा योजनाका लागि कर्णाली प्रदेशमा चार हजार प्रहरी परिचालित

कर्णाली । कर्णाली प्रदेशमा ‘एकीकृत चाडपर्व सुरक्षा कार्य योजना–२०८१’ अन्तर्गत चार हजार प्रहरी परिचालन गरिएको छ । नेपालीहरुको महान् पर्व दसैँ, तिहार र छठलाई लक्षित गरेर निर्माण गरिएको सुरक्षा योजना सफल पार्न प्रदेशभर चार हजार ३५१ प्रहरी परिचालन गरिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

चाडपर्वको बेला हुनसक्ने अवाञ्छित तथा आपराधिक गतिविधिलाई रोकथाम, नियन्त्रण गर्न तथा सडक सुशासन कायम गर्न उक्त योजना निर्माण गरी तत्काल कार्यान्वयनमा ल्याइएको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक जनक भट्टराईले जानकारी दिए । 

Ncell
Extreme Energy

“चाडपर्व सुरक्षा योजनाका साथै विपद्लाई पनि लक्षित गरेर यो योजना कार्यान्वयन गर्न÷गराउन प्रदेश प्रहरी कार्यालय मातहतका प्रहरी कार्यालयहरुबाट उल्लिखित सङ्ख्यामा प्रहरी जनशक्ति परिचालन गरिएको छ”, उनले भने । उनका अनुसार परिचालित प्रहरीमध्ये चार हजार ९९ जनपद र २५२ ट्राफिक प्रहरी रहेका छन् ।

चाडपर्वका समयमा जुवातास खेल्ने, मादक पदार्थ सेवन गरी विभिन्न आपराधिक घटना हुनेसक्ने, सवारी दुर्घटनाका घटना, बैङ्क तथा वित्तीय सङ्घसंस्थालगायत क्षेत्रमा हुने लुटपाट, चोरी, डकैती, गुण्डागर्दी, पाकेटमारीजस्ता आपराधिक गतिविधि कम तथा निरुत्साहित गर्ने उद्देश्यले एकीकृत सुरक्षा योजना कार्यान्वयनमा ल्याइएको प्रहरी नायब महानिरीक्षक भट्टराईले जानकारी दिए। 

सुरक्षा योजनाअनुसार प्रदेश तथा जिल्ला कमान्ड १२ पोष्टहरुमा १४५ जना प्रहरी परिचालन गरिएको छ । प्रदेश तथा जिल्ला ‘रिजर्भ’ टोली १४ वटामा ४०१ प्रहरी जनशक्ति परिचालन गरिएको छ । भवितव्य वा आकस्मिक रुपमा कुनै घटना घट्दा परिचालित प्रहरी जनशक्ति अपुग भएमा रिजर्भ टोलीले सहयोग गर्ने प्रहरी नायब महानिरीक्षक भट्टराईले बताए । 

त्यसैगरी, ४८ मोबाइल गस्ती टोलीमा २३४, एक सय दुई मोटरसाइकल गस्तीमा १५२, पैदल गस्तीअन्तर्गत २३३ गस्तीमा ६२७, एक सय नौ तत्काल प्रतिकार्य टोली (क्युआरटी) परिचालन गरी सो अन्तर्गत २४८, लामो तथा छोटो दूरीको एक सय गस्तीमा तीन सय ७७, पिकेट एक सय १३ स्थानमा दुई सय ७६, स्ट्राइकिङ नौ स्थानमा ७६ र मातहत प्रहरी अनुगमन तीनवटामा २४ जना प्रहरी परिचालन गरिएको उनले जानकारी दिए । 

लामो तथा छोटो दूरीको गस्तीअन्तर्गत एक सय गस्तीमा ३७७ जना प्रहरी खटाइएको छ । नियमित, विशेष तथा आकस्मिक चेकिङका लागि १६२ स्थानमा ३९०, पचासी ठाउँमा ट्राफिकसहित १९९ प्रहरी र बैङ्क तथा वित्तीय सङ्घसंस्था, बजार अनुगमन, विशिष्ट व्यक्तिको सुरक्षालगायतको सुरक्षाका लागि १९८ स्थानमा ७५० प्रहरी परिचालन गरिएको प्रहरी जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको तर्फबाट सर्वोच्चमा रिट

कांग्रेसको १५औँ महाधिवेशन रोक्न माग गर्दै देउवाको तर्फबाट सर्वोच्चमा रिट

कांग्रेसको निर्वाचन समितिले १५औँ महाधिवेशन आगामी असोज १६ गतेदेखि १९ गतेसम्म काठमाडौँमा हुने कार्यतालिका सार्वजनिक गरेको छ ।
मन्त्री रावलको कार्यक्रममा अब फूलमाला, खादा र बुके निषेध, ९ बुँदे निर्देशिका जारी

मन्त्री रावलको कार्यक्रममा अब फूलमाला, खादा र बुके निषेध, ९ बुँदे निर्देशिका जारी

मन्त्रालयका अनुसार अब मन्त्री सहभागी हुने कार्यक्रममा अनावश्यक सम्मान, अभिनन्दन तथा विशेष समारोह आयोजना गरिने छैन । स्वागत औपचारिक र संक्षिप्त बनाउन तथा कार्यक्रमसँग प्रत्यक्ष सम्बन्धित व्यक्ति र...
बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

बाँसबारीमा जमिन भासिएपछि पल्टिएको घर (तस्बिरहरु)

भासिन सक्ने अवस्था भएपछि यहाँ बसेकाले ३ दिनअघि नै घर छोडेका थिए । यो घरमा गेष्ट हाउस सञ्चालनमा थियो । काठमाडौँ महानगरपालिकाको नगर प्रहरीले भासिएको भाग आज त्रिपालले...
हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

हामीले नोटबन्दी गर्ने बारे सोचेका छैनौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी कार्यालय वनस्थलीमा आयोजना गरेको 'नागरिक, नीति र नेतृत्व' संवाद कार्यक्रममा  सहभागीले 'नोटबन्दी किन नगर्ने?' भनी प्रश्न गरेका थिए ।