नेभिगेशन
सबै कुरा

दसैँको बेला सुनसान छन् मलका पसल (तस्विरहरु)

काठमाडाैँ । नेपालीहरुको महान चाड दसैँ नजिकै आइसकेको भए पनि उपत्यका अधिकांश मलहरुमा भने व्यापारको चहलपहल देखिएको छैन । दसैँमा नयाँ लुगा किन्ने, आफन्तहरूका लागि किनमेल गरिने भए पनि यो वर्ष भने मलहरुमा व्यापार घटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

विगत १० वर्ष देखि सिभिल मलमा व्यापार गर्दै आएका कृष्ण राणाका अनुसार यो वर्ष पोहोरको तुलनामा २० प्रतिशत पनि व्यापार भएको छैन । मलमा मानिसहरूको चहलपहल नै नभएको ग्राहक पनि १, २ जना मात्र आउने गरेको उनले भने ।

Ncell
Extreme Energy

त्यस्तै काठमाडौँ मलमा ६ वर्षदेखि व्यापार गर्दै आएका मनिस शाहीका अनुसार हरेक वर्ष व्यापार घट्दै गएको र यही अवस्था हुने हो भने विस्थापित नै हुन पर्ने अवस्था आउने उनी बताउँछन् । 

न्युरोडस्थित पिपुल प्लाजामा १३ वर्ष देखि व्यापार गर्दै आएको दीपक अधिकारीले पनि उस्तै गुनासो सुनाए । उनका अनुसार यो वर्ष ८० प्रतिशतले व्यापार घटेको छ । महङ्गी पनि उस्तै बढेका कारण मलमा चहलपहल कम भएको उनी बताउँछन् । 





प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।