नेभिगेशन
सबै कुरा

जब जङ्गबहादुरले श्रीमतीको टाउको हातमा झुण्डाएर प्रहरीमा पुगे...

उदयपुरमा आफ्नै श्रीमतीको घाँटी काटेर टाउको बोकि हिड्ने एक श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्ली गाउँपालिका ४ थानागाउँ घरभई त्रियुगा नगरपालिका वडा नम्बर ६ जलजले बजारमा डेरा गरि बस्ने जङ्गबहादुर तामाङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मंगलबार साँझ तामाङले आफ्नो श्रीमती प्रमिला तामाङको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धान बाट खुलेको छ। जङ्गबहादुरले श्रीमती प्रमिलाको टाउको बोकेर बजार परिक्रमा गरी ईलाका प्रहरी कार्यालय जलजले जाने क्रममा प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी तथा सूचना अधिकारी राजन चापागाईले बताए।

City Express

श्रीमतीको हत्या के कारणले गरेको हो अहिले सम्म कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । हाल जङ्गबहादुरलाई थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखिएको  डिएसपि चापागाईले  बताए  । उदयपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक हरिहर नाथ योगीको कमाण्डमा क्इऋइ सहितको टोली घटना स्थल पुगेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...