नेभिगेशन
सबै कुरा

पुण्य गौतमलाई रड प्रहार गर्ने दुर्गा प्रसाईका कार्यकर्ता, दुई जना पक्राउ

काठमाडौं । पुण्य गौतमलाई रड प्रहार गर्ने २ जनालाई प्रहरीले पक्राउ गरेको छ । सोमबार राति  जोरपाटीमा गौतममाथि आक्रमण भएको थियो । प्रहरीका अनुसार गौतमलाई रसुवाका ४१ वर्षीय मिलन भन्ने दिलबहादुर गङदानको योजनामा भक्तपुरका टासी लामाले आक्रमण गरेका हुन

 । काठमाडौं प्रहरी र बौद्ध प्रहरी वृत्तको संयुक्त टोलीले काभ्रे घर भई भक्तपुर च्यामासिंह बस्दै आएका ३० वर्षीय टासी लामा भनिने सञ्जीव लामालाई मंगलबारनै पक्राउ गरेको थियो । यस्तै मुख्य योजनाकार दिलबहादुरलाई बुधबार पक्राउ गरेको हो । उनीहरुको साथबाट आक्रमण गर्न प्रयोग भएको रड बरामद भएको छ । उनीहरुलाई ज्यान मार्ने उद्योगको कसुरमा मुद्दा दर्ता गरेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

Dish Home
Global Ime Bank

प्रहरीका अनुसार गौतमलाई आक्रमण गर्ने मुख्य योजनाकार दिलबहादुर भने दुर्गा प्रसाईको नागरिक बचाउ महाअभियानको प्रतिरक्षा बलका प्रतिनिधि हुन् । टाउको ठुलो चोट लागेका गौतमको अहिले नेपाल मेडिकल कलेजमा उपचार भैरहेको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

रवि लामिछानेसहित २९ जनाविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध जिल्ला अदालत पर्सामा समेत मुद्दा दर्ता भएको छ । वीरगन्जको सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा लामिछानेविरुद्ध गत...
अमेरिका र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

अमेरिका र बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने पक्राउ

पक्राउ पर्नेमा काठमाडौँ महानगरपालिका–१६ बस्ने नुवाकोट विदुर नगरपालिका–४ का ५१ वर्षीय राजकुमार मानन्धर र काठमाडौँ महानगरपालिका–१४ बस्ने रूपन्देही तिलोत्तमा नगरपालिका–२ का ४० वर्षीय ओमबहादुर खत्री रहेका छन् ।
पत्नीको कुटपिटबाट पतिको मृत्यु

पत्नीको कुटपिटबाट पतिको मृत्यु

बिहीबार बेलुका घरायसी विवादका क्रममा पत्नीको कुटपिटबाट घाइते भएका प्रकाशलाई शुक्रबार बिहान छिमेकीले थाहा पाएर उपचारका लागि लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी...
मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ

मधेश प्रदेशका सांसद सरोज सिंह कुशवाहा पक्राउ

योजनाका कागजात बरामद गरेको थियो भने उनका स्वकीय सचिव विनोदकुमार लाल कायस्थलाई पक्राउ गरेको थियो । सोहि विषयमा सांसद कुशवाहा पक्राउ परेको अख्तियारले जनाएको छ ।