नेभिगेशन
सबै कुरा

टीकाको दिन ७ रूटमा १८ बसको नि:शुल्क सेवा

विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन्। विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रूटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए। ती बसहरू शनिबार अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन्।

Ncell
Extreme Energy

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोक हुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन्।

यसैगरी लेखनाथ जनताको चौतारा–रूपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन्।

निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताए।

दसैंको टीका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ। तसर्थ दसैंको दिन सार्वजनिक यातायात सहज रूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो,उनले भने।

दसैं बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ ९हटलाइन० सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गरे। यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए।

जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौं। त्यसैको कडीका रूपमा निःशुल्क बस सञ्चालन गरेका हौं,उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

पासपोर्ट प्रकरणमा प्रधानमन्त्री कार्यालयमा केरकार गरिएको विषयमा बोले अख्तियार प्रमुख राई, के भएको थियो ?

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले ई-पासपोर्ट छपाई खरिद ठेक्का अनियमितता प्रकरणमा प्रधानमन्त्री कार्यालयबाट कुनै हस्तक्षेप नभएको प्रष्टीकरण दिएका छन् ।
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...

भर्खरै