नेभिगेशन
सबै कुरा

टीकाको दिन ७ रूटमा १८ बसको नि:शुल्क सेवा

विजयादशमीका दिन शनिबार पोखराका विभिन्न सातवटा रूटमा निःशुल्क बस सञ्चालन भएका छन्। विगत वर्षमा जस्तै टीकाको दिन यातायात साधन अभाव भएर नागरिकले सास्ती पाउने बाध्यता अन्त्य गर्न जिल्ला प्रशासन कार्यालय र पोखरा महानगरपालिकाले यातायात समितिसँगको सहकार्यमा निःशुल्क बस सञ्चालन गरेका हुन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पोखराका सातवटा रूटमा चारवटा कम्पनीका १८ बसले निःशुल्क सेवा दिने जानकारी दिए। ती बसहरू शनिबार अपराह्न ४ः०० बजेसम्म सञ्चालन हुनेछन्।

Marvel
Extreme Energy

पोखराका कोत्रे–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म, फेदी–हेमजा–हरिचोक हुँदै पृथ्वीचोकसम्म, लामाचौर–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर–महेन्द्रपुल–चिप्लेढुंगा–सृजनाचोक–विरौटा हुँदै छोरेपाटनसम्म, महेन्द्रगुफा–बगर महेन्द्रपुल–पृथ्वीचोक–विरौटा–सहिदचोक हुँदै लेकसाइडसम्म बस सञ्चालन हुनेछन्।

यसैगरी लेखनाथ जनताको चौतारा–रूपाताल–सातमुहाने–खुदी–तालचोक–पृथ्वीचोक हुँदै बागलुङ बसपार्कसम्म, काहुँखोला–महेन्द्रपुल–पृथ्वीचोक–जिरो किमी हुँदै लेकसाइडको हल्लनचोकसम्म र बेगनासताल–तालचोक–पृथ्वीचोक–चिप्लेढुंगा हुँदै बागलुङ बसपार्कसम्म निःशुल्क बस सेवा सञ्चालन हुने छन्।

निःशुल्क सेवा सञ्चालन गरिएका बसका चालक र सहचालकलाई पोखरा महानगरपालिकाले अतिरिक्त सुविधा उपलब्ध गराउने महानगर प्रमुख धनराज आचार्यले बताए।

दसैंको टीका तथा आशीर्वाद थाप्न मान्यजनकहाँ जाने चलन छ। तसर्थ दसैंको दिन सार्वजनिक यातायात सहज रूपमा उपलब्ध नहुन सक्ने अवस्थालाई मध्यनजर गरी महानगर क्षेत्रमा यातायात सेवा दिइरहेका विभिन्न यातायात व्यवसायीसँगको सहकार्यमा स्थानीय प्रशासन र पोखरा महानगरपालिकाले संयुक्त रूपमा निःशुल्क बस सेवाको व्यवस्था मिलाएको हो,उनले भने।

दसैं बेला कुनै प्रकारको समस्या परे महानगरपालिकाको टोल फ्री नं ११८१ ९हटलाइन० सेवामा सम्पर्क गर्न प्रमुख आचार्यले आग्रह गरे। यातायात व्यवसायी राष्ट्रिय महासंघ गण्डकी प्रदेशका संयोजक केदार पौडेलले यात्रुको सहजतालाई ध्यान दिएर निःशुल्क बस सेवा सञ्चालन गर्न सहकार्य गरेको बताए।

जनताको सेवा र राज्यलाई आवश्यक परेको बेला सहयोग गर्न हामी तयार छौं। त्यसैको कडीका रूपमा निःशुल्क बस सञ्चालन गरेका हौं,उनले भने।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक  होटलमा आगलागी भएको छ।
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।