नेभिगेशन
सबै कुरा

एसियाड क्रिकेट : नेपाल भारतसँग २३ रनले पराजित

१६ असोज, काठमाडौं । चीनको हाङझाउमा जारी एसियाली खेलकुद प्रतियोगिता ९एसियाड०अन्तर्गत आज भएको क्वाटरफाइनलमा पुरुष टी २० क्रिकेटमा नेपाल भारतसँग २३ रनले पराजित भएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

टस जितेर पहिले ब्याटिङ  गरेको भारतले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २०२  रन बनायो । भारतका लागि ओपनर यशस्वी जयसवालले शतकीय पारी खेले । उनले ४९ बलमा आठ चौका र सात छक्का प्रहार गर्दै एक सय रन बनाए । साथै रिङ्कु सिंहले ३७ तथा ऋतुराज गायक्वाड र शिवम दुवेले समान २५र२५ रनको योगदान दिए । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले दुई तथा सोमपाल कामी र सन्दीप लामिछानेले एकरएक विकेट लिए । 

Marvel

दुई सय तीन रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ७९ रन मात्रै बनाउन सक्यो । नेपालका लागि दीपेन्द्र सिंह ऐरीले चार छक्काको सहायतामा ३२ रन बनाए । साथै सन्दीप जोरा र कुशल मल्ले समान २९र२९ रन बनाए भने कुशल भुर्तेलले २८ रनको योगदान दिए । करण केसी १८ रनमा अविजित रहे । 

भारतका लागि आवेश खान र रवी विस्नोइले समान तीनरतीन विकेट लिए भने अर्शदीप सिंहले दुई तथा साई किशोरले एक विकेट लिए । जितसँगै भारत सेमिफाइनलमा प्रवेश गरेको छ । यो हारसँगै नेपाल प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

एनपिएलः थ्रिलिङ म्याचमा कर्णालीद्वारा विराटनगर किङ्ग्स पराजित

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यायल अन्तरराष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा विराटनगरले जितका लागि दिएको १८७ रनको लक्ष्य पच्छाएको कर्णालीले १९ दशमलव पाँच ओभरमा छ विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।
एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

एनपिएलः जनकपुर बोल्ट्सद्वारा काठमाण्डु गोर्खाज पराजित

जनकपुरले पहिलो खेलमा कर्णाली याक्सविरुद्ध १९ रनको हार व्यहोरेको थियो । काठमाण्डुले दिएको एक सय १६ रनको लक्ष्य जनकपुरले १७ दशमलव २ ओभरमा २ विकेटको क्षतिमा भेट्टायो ।
सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमसँग पोखरा ६ विकेटले पराजित, दिपेन्द्रले बनाए अर्धशतक

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले अविजित ५१ रन बनाए । उनले ३६ बलमा ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै, इशान पाण्डेले ३१ बलमा २ चौका...
पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराले दियो सुदूरपश्चिमलाई १४६ रनको टार्गेट

पोखराका लागि अर्जुन घर्तिमगरले सर्वाधिक ४० रन बनाए । उनी अविजित रहेका उनले २५ बलमा उक्त रन बनाएका हुन् । त्यस्तै महेदी हसनले ३२ रन बनाए भने कप्तान...

भर्खरै