नेभिगेशन
सबै कुरा

तनहुँ कारागारमा कैदीबन्दीको उपचारमा समस्या

डुम्रे ।। तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या भएको छ । कारागारका स्वास्थ्य सहायक श्यामसिंह बोहोरा सुरुवा भई अन्यत्र गएपछि कैदीबन्दीको उपचारमा समस्या भएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

Marvel
Extreme Energy

स्वास्थ्य सहायक बोहोरा यही असोज १ गते सरुवा भई शुक्रराज ट्रपिकल तथा सुरुवा रोग अस्पताल टेकु गएपछि तनहुँ कारागार स्वास्थ्यकर्मीविहीन भएको हो । स्वास्थ्यकर्मीविहीन हुँदा कैदीबन्दीको उपचारमा समस्या हुँदै आएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

“कैदीबन्दी सामान्य बिरामी हुँदासमेत दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ”, उनले भने । कारागारको गाडी नहँुदा राति कैदीबन्दीलाई उपचारका लागि अस्पताल लैजान झनै समस्या प्रमुख अधिकारीले बताए । कारागारमा कैदीबन्दीमा बढीजसो छालासम्बन्धी रोग रहेको छ । जिल्लामा डेङ्गुको सङ्क्रमण बढ्दो क्रममा रहेकाले कैदीबन्दी समेत यसबाट बढी सङ्क्रमित हुने अवस्था रहेको छ । तनहुँ कारागारको ब्लक ‘ए’ मा एक सय ३२, ब्लक ‘बी’ मा एक सय ७३ र ब्लक ‘सी’ मा २६ कैदीबन्दी रहेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक  होटलमा आगलागी भएको छ।
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।