नेभिगेशन
सबै कुरा

‘भजन कीर्तन’ ज्येष्ठ नागरिक भुल्ने माध्यम बन्दै

वालिङ । वालिङ नगरपालिका–८ का तुल्सीराम उपाध्याय उमेरले ९७ वर्ष पुग्नुभयो । उहाँ लौरोको सहारामा पतञ्जली योग पीठ वालिङमा दैनिक भजन कीर्तन गर्न पुग्नुहुन्छ । घरमा मात्रै बसिीरहँदा पट्यार लाग्ने भएकाले घरदेखि पतञ्जलीसम्म पैदल जान र त्यहाँ पुगेर आँफूजस्तै अन्य ज्येष्ठ नागरिक सहभागी भएर भजन कीर्तन गर्दा छुट्टै आनन्द मिल्ने गरेको उपाध्याय  बताउनुहुन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

वालिङका ज्येष्ठ नागरिक स्वतःफूर्तरुपमा पतञ्जली योग पीठ परिसरको खुला चौरमा दैनिक उपस्थित भई भजन कीर्तन गर्दै आएका छन् । दैनिक साँझ ४ बजेदेखि ६ बजेसम्म ज्येष्ठ महिला पुरुष उपस्थित भएर भजन कीर्तन गर्दै आउनुभएको छ ।

Ncell
Extreme Energy

“कतिपय ठाउँमा नागरिक जम्मा भएर एकअर्काको कुरा काट्ने बानी छ, त्यसले मनमा नकारात्मक भाव उत्पन्न गराउँछ”, उहाँले भन्नुभयो, “सकारात्मक सोचका लागि पनि फुर्सदमा ज्येष्ठ नागरिक एकठाउँमा भेला भएर भजन कीर्तन गर्न थालेका हौँ ।”

व्यापार गर्ने सिलसिलामा सर्लाहीका जयनारायण महतो विगत १० वर्षदेखि वालिङमा बस्दै आउनुभएको छ । छयानब्बे वर्षीय महतो पनि आफ्नो फुर्सदिलो समय कटाउन दैनिक भजन कीर्तनमा सहभागी हुनुहुन्छ । आफू जस्तै ज्येष्ठ नागरिकसँग भजन कीर्तनमा सहभागी हुन पाउँदा उहाँ खुसी हुनुहुन्छ ।

ज्येष्ठ नागरिकमात्रै सहभागी भएर गरिँदै आएको भजन कीर्तनमा विभिन्न बाजाको प्रयोग गरिन्छ । सीपअनुसारको बाजा बजाउने र अन्यले भजन टुक्का तथा ताली बजार साथ दिन्छन् । वालिङ–८ का ९० वर्षीय टीकाराम पङ्गेनी नछुटाई भजन कीर्तनमा सहभागी हुनुहुन्छ । फुर्सदिलो समय उहाँ पनि दैनिक भजन कीर्तनमा सहभागी भएर बुढ्यौलीपनलाई भुल्ने गर्नुहुन्छ । कसरी समय कटाउने होला भन्ने भएका बेला दुई घण्टाको समय भगवानको नाम जप्दा छुट्टै खुसी मिल्ने गरेको उहाँको भनाइ छ ।

वालिङ–८ का ८१ वर्षीय विष्णु श्रेष्ठ भजन कीर्तनमा सहभागी भएपछि दुई घण्टाको समय बितेको पत्तै नपाइने बताउनुहुन्छ । भजन कीर्तन भुल्ने माध्यम बनेको उहाँको भनाइ छ । यहाँ गत साउन सङ्क्रान्तिदेखि भजन कीर्तन गर्न थालिएको हो । खुला चौरमा बसेर भजन कीर्तन गर्दै आएका ज्येष्ठ नागरिकलाई लक्षित गरी वालिङमा ज्येष्ठ नागरिक केन्द्र स्थापना गर्नुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

विद्युत् र सिँचाइ पूर्वाधारको स्थलगत निरीक्षणका लागि कोशी प्रदेश जाँदै ऊर्जामन्त्री श्रेष्ठ

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ विद्युत तथा सिँचाइ आयोजनाहरुको निरीक्षणका लागि कोशी प्रदेशको भ्रमणमा निस्किँदैछन् ।
विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विदेशी ईभी गाडीको सम्पूर्ण डाटाहरु नेपालमै संकलन गर्ने सिस्टम बनाउँदै महावीर पुन

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुन विदेशी ईभी गाडीहरुको डाटा नेपालमा संकलन गर्ने प्रणाली बनाउन जुटेका छन् ।
ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

ढोरपाटन आरक्षमा विदेशी सिकारीको आकर्षण

नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन सिकार आरक्षमा एक वर्षमा २१ नाउर र ११ झारलको सिकार गरिएको छ । विदेशी सिकारीले प्रतिस्पर्धामार्फत नाउर र झारलको सिकार गर्न वन्यजन्तु विभागलाई...
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...

भर्खरै