नेभिगेशन
सबै कुरा

दुर्घटना न्यूनीकरणका लागि निःशुल्क खाजासहितको विश्रामस्थल

रामेछाप । दसैँमा यात्रुको चाप बढ्न गइ हुनसक्ने सम्भावित दुर्घटना न्यूनीकरणका लागि जिल्लाको खाँडादेवी गाउँपालिका–३ भिरपानीमा निःशुल्क खाजासहितको विश्रामस्थल सञ्चालन गरिएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सम्भावित दुर्घटना न्यूनीकरणका लागि प्रहरी र खाँडादेवी गाँउपालिका–६ माकादुमले यो अभ्यास सुरुआत गरेका हुन् । यही असोज ११ र १२ गतेको अविरलपछि सिन्धुलीको खुर्कोट र खैरेनीघाटको पुल बगाउँदा सिन्धुपाल्चोकको मुडे र दोलखाको चरीकोट हुँदै लामोदूरीका सवारीसाधन सञ्चालन भइरहेका छन् । त्यसैकारण सम्भावित दुर्घटनाको जोखिमलाई मध्यनजर गरी सेवा सञ्चालन गरिएको वडा नं ६ का अध्यक्ष नारायण कार्कीले जानकारी दिए । “लामोदूरी पार गरेर आएका सवारीसाधनमा प्राविधिक समस्याका कारण दुर्घटना हुने जोखिम छ । घटस्थापनापछि मात्रै यहाँ दुई÷तीन वटा दुर्घटना भइसकेका छन् तर पनि चालकले गाडी रोक्न नमान्ने अवस्था थियो । निःशुल्क पानी र खाजाको व्यवस्थापछि भने चालकले यातायातका साधन रोक्ने गरेका छन् । अभियान प्रभावकारी भएको छ” कार्कीले भने । 

Marvel
Extreme Energy

उनका अनुसार यो अभियान दसैँ मनाउन घर जान हिँडेका यात्रुलाई लक्षितगरी यही असोज २४ र २५ गते सञ्चालन गरिएको थियो । फेरि दसैँ मनाएर फर्किनेका लागि अभियान सञ्चालन गर्ने योजना छ । उक्त स्थानमा खाजाका लागि बिस्कुट, चाउचाउलगायत खानेकुरा र पानी तथा चिसो पेयपदार्थ निःशुल्क रूपमा वितरणको व्यवस्था गरिएको जिल्ला प्रहरी कार्यालय प्रमुख प्रदीपकुमार सिंहले बताउनुभयो ।      

काठमाडौँबाट नेपालथोक हुँदै खुर्कोट र खैरेनी घाटको पुल तरेर जिल्लाका विभिन्न स्थानमा आवतजावत गर्ने सवारीसाधन बाढीले दुवै स्थानका पुल बगाएपछि मुडे, चरीकोट, मन्थली हुँदै सञ्चालन हुने गरेका छन् । 

भिरपानीको सित्खादेखि पकरवासको गोगनपानी डाँडासम्म उकालो र गोगनपानीदेखि भिरपानीको चरिखोलासम्म ओरालो बाटो भएकाले यहाँ दुर्घटनाको जोखिम रहेको छ । उक्त अभियान सञ्चालन गरिएपछि यात्री मात्र नभई चालक तथा सहचालकसमेत खुसी भएका स्थानीय राजेशकुमार श्रेष्ठले बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेसमा नयाँ सरकार गठन गर्न एमाले, जसपा र जनमतबीच छलफल

मधेस प्रदेशमा नयाँ सरकार गठनका लागि नेकपा (एमाले), जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टीबीच छलफल अघि बढेको छ ।
सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सगरमाथा आधार शिविर जाने पदमार्गको होटल गुड लकमा आगलागी

सोलुखुम्बुको सगरमाथा क्षेत्रमा पर्ने डिङ्बोचेस्थित एक  होटलमा आगलागी भएको छ।
काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

काभ्रेको रोसीमा २४ घण्टामा सबैभन्दा धेरै ५०.२ मिलिमिटर वर्षा

पछिल्लो २४ घण्टामा काभ्रेपलाञ्चोकको रोसीमा सबैभन्दा धेरै वर्षा मापन भएको छ। रोसीस्थित मौसम मापन केन्द्रमा ५०.२ मिलिमिटर वर्षा रेकर्ड भएको हो।