नेभिगेशन
सबै कुरा

५ ग्राम हिरोइन लिएर काठमाडौँ छिर्ने क्रममा २ जना पक्राउ

काठमाडाैँ । काँकडभिट्टाबाट खैरो हिरोइन लिएर काठमाडौँ आउने क्रममा २ जना पक्राउ परेका छन् । बिहिबार बिहान ५ ग्राम खैरो हिरोइनसहित बसमा काठमाडौँ प्रवेश गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

नेपाल प्रहरीको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ०१–००६ ख ७३३६ नम्बरको यात्रुवाहक बसमा आएका सरोज अधिकारीले खैरो हिरोइन लिएर आएको अवस्थामा पक्राउ गरेको हो । उक्त बसको सिट नं १२ मा बसेका उनले प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने ५ ग्राम वस्तु लिएर आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसकार चुरोटको बट्टामा सेतो रङ्गको प्लाष्टिकमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सरोजले उक्त वस्तु लिन अरु नै आउने भनेपछि प्रहरीले फलो गर्दा दहचोकबाट भुपेन्द्र बस्नेत पक्राउ परेका छन् । उनीहरु दुवै जना मकवानपुरको थाहा नगरपालिका बस्ने प्रहरीले जनाएको छ । 

Ncell
Extreme Energy

प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...