नेभिगेशन
सबै कुरा

५ ग्राम हिरोइन लिएर काठमाडौँ छिर्ने क्रममा २ जना पक्राउ

काठमाडाैँ । काँकडभिट्टाबाट खैरो हिरोइन लिएर काठमाडौँ आउने क्रममा २ जना पक्राउ परेका छन् । बिहिबार बिहान ५ ग्राम खैरो हिरोइनसहित बसमा काठमाडौँ प्रवेश गर्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । 

नेपाल प्रहरीको टोली तथा लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय नागढुङ्गाको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा बागमती प्रदेश ०१–००६ ख ७३३६ नम्बरको यात्रुवाहक बसमा आएका सरोज अधिकारीले खैरो हिरोइन लिएर आएको अवस्थामा पक्राउ गरेको हो । उक्त बसको सिट नं १२ मा बसेका उनले प्रतिबन्धित लागुऔषध खैरो हिरोइनजस्तो देखिने ५ ग्राम वस्तु लिएर आएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता नवराज अधिकारीका अनुसकार चुरोटको बट्टामा सेतो रङ्गको प्लाष्टिकमा लुकाएर ल्याएको अवस्थामा प्रहरीले उनलाई पक्राउ गरेर सोधपुछ गरेको थियो । सोधपुछका क्रममा सरोजले उक्त वस्तु लिन अरु नै आउने भनेपछि प्रहरीले फलो गर्दा दहचोकबाट भुपेन्द्र बस्नेत पक्राउ परेका छन् । उनीहरु दुवै जना मकवानपुरको थाहा नगरपालिका बस्ने प्रहरीले जनाएको छ । 

प्रहरीले उनीहरुको साथबाट २ थान मोबाइल समेत बरामद गरेको छ । उनीहरु दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...