नेभिगेशन
सबै कुरा

'जहाँ पुगौँला उहीँ चाड मनाउँला'

गण्डकी । यसपालिको विजयादशमीका दिन दिन पर्यटक पथप्रदर्शक दिवस गुरुङ मनाङको विकट गाउँ नार्फु  थिए । देशभर दसैँको उल्लास छाइरहँदा उनी भने इटालीका ग्याब्रियल र क्यारालाई साथमा लिएर अन्नपूर्ण क्षेत्रको पदयात्रामा निस्किएका थियो ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मनाङ सदरमुकाम चामे, नार्फु हुँदै, थोरङ भञ्ज्याङ काटेर मुस्ताङको मुक्तिनाथ पुग्ने योजनामा रहेको उक्त टोली अहिले पनि पदयात्राकै क्रममा छ ।

Ncell
Extreme Energy

बिहीबार मनाङको याकखर्कबाट रासससँग टेलिफोनमा कुराकानी गर्दै पथप्रदर्शक गुरुङले १३ दिनको पदयात्रा दसैँको चार दिनअघिबाट सुरु गरिएको जानकारी दिए ।

“यसपालिको दसैँ पदयात्रामै बित्यो, घरपरिवारसँग बसेर मनाउन पाइएन”, उनले भने, “पथप्रदर्शक भएपछि चाडपर्व नै बिर्सेर पदयात्रामा जानुपर्ने हुन्छ, यो पेसा नै यस्तै हो ।” गुरुङले आउँदो तिहारमा अमेरिकी पर्यटकसँग घोडेपानी–पुनहिलको पदयात्रा तय भइसकेको बताए ।

गत वर्ष तिहारमा पनि उनी इटालीका रिकार्डो र भेरोनिकालाई लिएर मनाश्लु क्षेत्रको पदयात्रामा गएका थिए । उत्तरी गोरखाको चुम उपत्यका र गणेश हिमालको आधारशिविरको घुमघामका लागि उनी पर्यटकसहित त्यहाँ पुगेका छन् । गत वर्षको तिहार कात्तिक २९ गते परेको थियो । ३७ सय मिटरको उचाइमा अवस्थित प्राचीन मु–गुम्बाको आँगनमा गुरुङ, इटालीका रिकार्डो र भेरोनिकाले तिहार मनाएका थिए ।

गुरुङले भुइँमा गलैँचा ओछ्याएर तीनै जनाले एकापसमा भाइटीका लगाएको सम्झना अहिले पनि ताजै रहेको सुनाए । त्योबेला भेरोनिकाले गुरुङको निधारमा सप्तरङ्गी टीकासहित ढाका टोपी र सयपत्री माला पहिराइदिएका थिए । गुरुङपछि भेरोनिकाले उसैगरि रिकार्डोलाई पनि टीका, माला र टोपी लगाइदिएका छन्। गुरुङ र रिकार्डोले भेरोनिकालाई मिठाई र फलफूल दिएर हार्दिकता साटासाट गरेका छन् ।

“गत वर्षको तिहारमा हिँड्दाहिँड्दै भाइटीकाका दिन जहाँ पुगिन्छ त्यहीँ तिहार मनाउने भनेर टीका र सामग्री म आफैले बोकेर गएको थिएँ”, उनले भने, “रिकार्डो र भेरोनिका स्कूले साथी हुन्, धेरैपछि नेपाल आउँदा दुई जनाबीच भेट भएको थियो, उनीहरुसँगै पदयात्रा गर्दा र भाइटीका लगाउन पाउँदा एकदमै रमाइलो अनुभूति गरेका थिए ।”

मनाङको उपल्लो  हिमाली भेगमा तिब्बतीयन संस्कृति रहेको र दसैँ मान्ने चलन नरहेका कारण यसपालि गत वर्षको जस्तो संयोग भने नजुरेको गुरुङले बताए । उनले यात्राका क्रममा विदेशी पर्यटकलाई आफ्नो संस्कृतिबारे सुनाउन र बुझाउन पाउँदा गर्वको अनुभूति हुने गरेको सुनाए ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ भदौरेका गुरुङलाई चाडबाडमा घरपरिवार र आफन्तसँग नहुनु कुनै नौलो कुरा भने होइन । गुरुङले गत वर्षको दसैँ पनि पदयात्राकै क्रममा अन्नपूर्ण संरक्षण क्षेत्रमा बेलायती पर्यटकसँग मनाएका थिए।

दुई वर्षअघिको दसैँ–तिहारमा त उहाँ झनै टाढा कर्णाली क्षेत्रको पदयात्रामा निस्किएका थिए । “शरद ऋतु पदयात्राको मुख्य याम पर्ने भएकाले दसैँ–तिहारका बेला प्रायः घमफिरमै रमाइरहेको हुन्छु”, गुरुङले भने, “कहिले एक्लै घुम्छु, कहिले पदयात्री पर्यटकलाई लिएर हिँडिरहेको हुन्छु, चाडबाड आउनुपूर्व नै पदयात्राको योजना तय भइसकेको हुन्छ ।” पथप्रदर्शक मात्र नभएर पर्यटन क्षेत्रका अन्य कर्मचारी र मजदुरका लागि पनि चाडपर्व खल्लो हुने गरेको उनको भनाइ छ ।

पहिलोपटक पोल्याण्डको एक जोडीलाई अन्नपूर्ण आधार शिविर  पुर्‍याएर पथप्रदर्शकका काम सुरु गरेका गुरुङले कहिले कम्पनीहरुमार्फत त कहिले व्यक्तिगत सम्पर्कका आधारमा पर्यटकलाई विभिन्न गन्तव्यमा घुमाउने गरेका छन्।

ट्रेकिङ एशोसिएसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्यले चाडबाडकै बेला मुख्य पर्यटकीय याम पर्ने भएकाले आफूलाई चाडबाडको उल्लासले खासै नछुने बताए । “पथप्रदर्शक, भरिया मात्र नभएर हामी व्यवसायीलाई पनि पर्यटकको सेवा, सत्कारमा भ्याइनभ्याइ हुन्छ, यो याममा काम नगरे व्यवसाय धान्नै गाह्रो हुन्छ”, उनले बताए ।

पर्यटन क्षेत्रका व्यवसायी, कर्मचारी र मजदुरलाई चाडबाडका बेला झन् बढी काममा खटिनुपर्ने बाध्यता रहेको आचार्यले बताए । “यो बेला काम नगरे जीविका चल्दैन, पर्यटन क्षेत्रमा चार महिना कस्सिएर काम गर्ने र अरु बेला पर्यटक कुरेर बस्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । नेपालमा असोज–मङ्सिर र चैत–जेठलाई मुख्य पर्यटकीय यामका रुपमा लिने गरिन्छ । पदयात्रा लागि पनि यी दुवै याम उत्तम मानिन्छन् । आचार्यले पथप्रदर्शक र भरियाले बाटैमा पर्यटक र साथीभाइसँग मिलेर चाडबाड मनाउने गरेको बताए ।

“मनाङ, मुस्ताङतिर दसैँ–तिहारको खासै महसुस हुँदैन, तर तल्लो भेगमा जाँदा भने स्थानीयवासीसँग घुलमिल भएर रमाउँदै चाडबाड मनाउन पाइन्छ”, उनले भने । पछिल्लो सातायता पर्यटकीय राजधानी पोखरालगायत आसपासका गन्तव्यस्थलमा पर्यटकको चहलपहल बढेको अध्यक्ष आचार्यले जानकारी दिए । “पदयात्रामा जाने आन्तरिक तथा बाह्य पर्यटकको संख्या पनि बढेको छ, पर्यटकीयस्थल भरिभराउ छन्”, उनले भने ।

पदयात्राका लागि प्रख्यात यहाँका अन्नपूर्ण, मनाश्लु संरक्षण क्षेत्रलगायत गन्तव्यस्थल प्रख्यात छन् । नेपालीहरुमा विशेष गरी दसैँ मनाए लगत्तै पदयात्रामा निस्कने प्रवृत्ति बढीरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का प्रमुख डा रविन कडरियाले बताए ।

उनका अनुसार कोही परिवारसित त कोही साथीसङ्गी मिलेर पदयात्रामा रमाउँछन् । ‘एक्याप’भित्र पर्ने अन्नपूर्ण आधार शिविर, मर्दी हिमाल, घान्द्रुक, सिक्लेस, खुमै डाँडा, मनाङको तिलिचो ताल, थोरङ् भञ्ज्याङ, उपल्लो मुस्ताङ, मुक्तिनाथ, म्याग्दीको घोडेपानीलगायत क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको छ ।

अन्नपूर्ण क्षेत्रमा गत आवमा दुई लाख २२ हजार एक सय ८० विदेशी पर्यटक भित्रिएका थिए । जसमध्ये एसियाली मुलुकका एक लाख १७ हजार आठ सय ४५ र अन्य मुलुकका एक लाख चार हजार दुई सय ५६ पर्यटक थिए । कुनै ताका विदेशी पर्यटकले चिनाएको नेपालको पदयात्रा पर्यटन पछिल्लो समय आन्तरिक पर्यटकमाझ पनि उत्तिकै लोकप्रिय छ ।

सडक र हवाईमार्गबाट विभिन्न गन्तव्यस्थलको भ्रमणमा जाने पर्यटकको संख्या पनि यो याममा उल्लेख्य हुन्छ । प्राकृतिक सौन्दर्य, विशिष्ट भूगोल, हावापानी, जैविक विविधता, हिमाली जनजीवन, सभ्यता र संस्कृतिको अवलोकनसँगै घुमफिरको आनन्द बटुल्न पर्यटहरु पदयात्रामा निस्कन्छन् । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीका दृष्टिले पनि पदयात्रा गर्नु उपयुक्त मानिन्छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...