नेभिगेशन
सबै कुरा

प्रचण्डले कसे विपक्षी दलको मोर्चा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोलाएको विपक्षी दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । शुक्रबार बिहान आकस्मिक रुपमा बोलाइएको सो बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले अध्यक्षता गरेका छन् । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल (रास्वपा), एकीकृत समाजवादी पार्टी, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्ष लगायतका नेताहरू सहभागी छन् । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ दल हाे ।

Extreme Energy

बैठकमा बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्डसहित शक्ति बस्नेत, रास्वपाबाट सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल,डा.स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ र बिराजभक्त श्रेष्ठ सहभागी छन् ।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टीका अध्यक्ष प्रभु शाह बैठकमा सहभागी छन् । 

बैठक सरकारका काम कारबाही र संसदको हिउँदे आधिवेशन बोलाउने लगायतका विषयमा केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा जनताको हितमा सरकारले काम गर्न नसकेको, विपद्मा सरकारको उपस्थिति नदेखिएको, भ्रष्टाचार र अनियमितता मैलाएको जस्ता विषयमा केन्द्रित छ । सरकारको काम कारबाहीमा संयुक्त खबरदारी गर्ने र विपक्षी दल विरुद्धको सरकारको कदमको संयुक्त र सशक्त मोर्चा बनाउने विषयमा बैठकमा छलफल जारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, सहभागी हुनेको सूची सार्वजनिक

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, सहभागी हुनेको सूची सार्वजनिक

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
आज यी क्षेत्रमा हिमपात रवर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात रवर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।