नेभिगेशन
सबै कुरा

प्रचण्डले कसे विपक्षी दलको मोर्चा

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले बोलाएको विपक्षी दलको बैठक संसद् भवन नयाँ बानेश्वरमा जारी छ । शुक्रबार बिहान आकस्मिक रुपमा बोलाइएको सो बैठक संसद् भवनको ल्होत्से हलमा जारी छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बैठकमा माओवादी अध्यक्ष प्रचण्डले अध्यक्षता गरेका छन् । बैठकमा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल (रास्वपा), एकीकृत समाजवादी पार्टी, राप्रपा नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी र आम जनता पार्टीका अध्यक्ष लगायतका नेताहरू सहभागी छन् । लोकतान्त्रिक समाजवादी पार्टी सत्तारुढ दल हाे ।

Ncell
Extreme Energy

बैठकमा बैठकमा माओवादीबाट अध्यक्ष प्रचण्डसहित शक्ति बस्नेत, रास्वपाबाट सभापति रवि लामिछानेसहित उपसभापतिद्वय डिपी अर्याल,डा.स्वर्णिम वाग्ले, शिशिर खनाल, सुमना श्रेष्ठ र बिराजभक्त श्रेष्ठ सहभागी छन् ।

यस्तै, एकीकृत समाजवादीका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर र आम जनता पार्टीका अध्यक्ष प्रभु शाह बैठकमा सहभागी छन् । 

बैठक सरकारका काम कारबाही र संसदको हिउँदे आधिवेशन बोलाउने लगायतका विषयमा केन्द्रित रहेको बैठकमा सहभागी एक नेताले बताए ।

बैठकमा जनताको हितमा सरकारले काम गर्न नसकेको, विपद्मा सरकारको उपस्थिति नदेखिएको, भ्रष्टाचार र अनियमितता मैलाएको जस्ता विषयमा केन्द्रित छ । सरकारको काम कारबाहीमा संयुक्त खबरदारी गर्ने र विपक्षी दल विरुद्धको सरकारको कदमको संयुक्त र सशक्त मोर्चा बनाउने विषयमा बैठकमा छलफल जारी छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...