नेभिगेशन
सबै कुरा

विपक्षी ६ दलकाे बैठकपछि के भन्छन् नेताहरु ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई पूर्वाग्रह राखेर पक्राउ गर्न खोजिएको विपक्षी दलका नेताहरुले बताएका छन् । आजको भएको विपक्षीदलहरुको वैठकमा सहकारीका बहाना बनाएर लामिछानेलाई पक्राउ गर्न खोजिएको विषयमा छलफल भएको बैठकमा सहभागी नेताहरुले बताएका छन् । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

रास्वपाका नेता विराजभक्त श्रेष्ठले अनुसन्धानमा सघाउन रास्वपा सभापतिले बारम्बार तयार छुभनिरहँदा सरकाले भने पूर्वाग्रही व्यवाहार देखाएको गुनासो गरे । उनले सरकारले लामिछाानेलाई पक्राउ गर्न कतिबेला ठिक हुन्छ भन्ने जोखाना हेरेर बसेको गुनासो गरे । ‘सरकारको यस्तो पूर्वाग्रही व्यवाहार स्वीकार्य हुँदैन्, हामी फेस गर्न तयार छौँ’, श्रेष्ठले भने । 

Ncell
Extreme Energy

यस्तै नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले पनि सहकारी ठगीको निहुँ बनाएर लामिछानेलाई पक्राउ पुर्जी जारी गर्न लागिएकोबारे प्रतिपक्ष दलहरू गम्भीर रहेको बताए । पाण्डेले अहिले पक्राउ पुर्जी र पक्राउ हल्ला गराएर, गल्ती नगरिकनै पनि गल्ती गरेकै हो भन्ने भाष्य बनाउने खालका गतिविधि सरकारले गरेको बताए । उनले भने, ‘यसरी समस्या गरियो भने राम्रो हुँदैन ।

यस्तै माओवादी नेता शक्ति बस्नेतले पनि राजनीतिक पूवाग्रहका संकेत देखिने लागेको भन्दै यस विषयमा नेकपा माओवादी र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गम्भिरतापूर्वक उठाइरहेको बताए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

सरकार, संसद् र अदालतले गरेका निर्णय जनताको नजरमा स्वीकार्य हुनुपर्छः गगन थापा

उनले अहिले चूनाव जितेर संसदमा पुगेका सांसदमा दम्भ देखिएकाले चुनाव जितेर संसद् छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्भ त्याग्नुपर्ने बताए । संसद्मा प्राप्त...
अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

अख्तियारलाई पूर्ण स्वायत्त र शून्य राजनीतिक हस्तक्षेपका लागि प्रतिवद्ध छुः रवि लामिछाने

सिंहदरबारमा मंगलबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था समितिमा सभापति लामिछानेले सत्तारूढ दलका तर्फबाट अख्तियारको कामकारबाही, अनुसन्धान वा अभियोजनमा कुनै पनि प्रकारको राजनीतिक हस्तक्षेप, दबाब वा पूर्वाग्रह नहुने प्रतिबद्धता...
बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङका १० पालिकामा फैलियो डेङ्गी

बागलुङमा डेङ्गी संक्रमण तीब्र गतिमा फैलिएको छ । पछिल्लो हप्तामा बागलुङका सबै पालिकामा डेङ्गी फैलिएको छ । जिल्लामा दुई महिनामा ४ सय ९१ जनालाई डेङ्गी संक्रमण भएको छ...
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिरहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...