नेभिगेशन
सबै कुरा

‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ आजबाट सुरु, बालेन र सुनिता पनि पुगे (तस्विरहरु)

काठमाडाैँ । ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ जात्रा आज निकालिएको छ । हरेक वर्ष कोजाग्रत पूर्णिमाको भोलिपल्टबाट यो जात्रा निकालिन्छ । यो जात्रा तीन दिनसम्म मनाउने गरिन्छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

अन्य जात्रामा रथमा देवतालाई भित्र राखेर गजुर माथि बनाइएको हुन्छ । तर हाँडीगाउँको जात्रामा गजुर मुनि र देवता माथि रहने गर्छन् ।

Extreme Energy

यसैगरी, कहीँ पनि नपाउने एक विशेष प्रजातिको फूल (सी स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ भने एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ । 

यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास रहिआएको छ । किंवदन्तीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरूको एकै समयमा सुत्केरी हुने समय भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताएपनि बहिनीले यस कुरामा विश्वास गरेकी थिइनन् । जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिएपनि बहिनीले १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिइनन्  । यसको कारण खोज्दै जाँदा नारायण भगवान रिसाएका र रिसाएका नारायण भगवान् हिमालयमा तपस्या गरेर बसेको थाहा भयो । उनलाई खुसी पार्न कहीँ नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएकी थिइन् भन्ने विश्वास रहेको छ ।










प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, सहभागी हुनेको सूची सार्वजनिक

एमालेको राष्ट्रिय भेला मङ्सिर २ र ३ गते, सहभागी हुनेको सूची सार्वजनिक

नेकपा एमालेले आगामी मङ्सिर २ र ३ गते काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने भएको छ।
स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनमा दुई तीव्र गतिको रेल ठोक्किँदा ६८ जनाको मृत्यु, ८० घाइते

स्पेनको मध्यभागमा बुधबार भएको दुई तीव्र गतिको रेल दुर्घटनामा कम्तीमा ६८ जनाको मृत्यु भएको छ। दुर्घटनामा ८० जना घाइते भएका छन्। तीमध्ये १५ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले...
आज यी क्षेत्रमा हिमपात रवर्षाको सम्भावना

आज यी क्षेत्रमा हिमपात रवर्षाको सम्भावना

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’को प्रभाव आज (बिहीबार) देखि नेपालमा पर्ने भएको छ।
अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

अर्नब भयो कमजोर तर वर्षाको जोखिम कायमै

बंगालको खाडीमा विकसित चक्रवात ‘अर्नब’ कमजोर भएर न्यूनचापीय प्रणालीमा परिणत भए पनि नेपालमा वर्षाको जोखिम कायमै रहेको मौसमविद् विनोद पोखरेलले बताएका छन्।