नेभिगेशन
सबै कुरा

पोखरामा रास्वपा नेता-कार्यकर्तामाथि राज्य दमन (फोटो कथा)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछाने तीन दिनदेखि कास्की प्रहरी हिरासतमा छन् । सहकारी ठगीको आरोपमा उनलाई प्रहरीको शुक्रबार काठमाडौँमा पक्राउ गरेर कास्की लगेको थियो ।  

Watch On

Facebook Tiktok Youtube Instagram Twitter


Ncell
Extreme Energy

सभापति रवि लामिछानेलाई संसदीय छानविन समितिले सहकारी ठगीमा कुनै प्रमाण नभेटिएको भनी किटान गरेकै अवस्थामा प्रहरीले पक्राउ गरेपछि रास्वपा त्यसको सशक्त विरोधमा छ ।

रास्वपा सभापति लामिछाने पक्राउ अघि कांग्रेस र एमाले सम्मिलित गठबन्धन सरकारले गरेका हर्कत आम सर्वसाधारणका नजरले पनि संकास्पद , लामिछानेलाई फसाउने  र रास्वपाको व्यग्र गतिको उचाइलाई घटाउने नियतले ग्रस्त देखिन्छ । लामिछानेको पक्राउलाई उनको पार्टीले औपचारिक रूपमै भ्रष्टाचार विरोधी पार्टीको नीतिसँग तर्सिएकाहरूको प्रतिशोधपूर्ण कार्य भनेको छ । रवि र रास्वपाका समर्थकहरु रवि पक्राउको दिनदेखि नै सरकार र प्रशासनसँग रुष्ट छन् ।

आइतबार जिल्ला अदालतमा रविलाई पेश गर्ने पूर्व निर्धारित प्रशासनको तयारी थियो । शनिबार बिहानै देखि पोखरामा सशक्त आन्दोलन गरिरहेको रास्वपाले प्रशासनसँग अनुमति लिएर आइतबारका लागि पनि विरोधको शान्तिपूर्ण कार्यक्रम तय गरेको थियो । तर, विरोध कार्यक्रम घोषणा भएकै स्थानमा रास्वपालाई छेक्न कास्की जिल्ला प्रशासनले निषेधाज्ञा जारी ग¥यो ।

अघिल्लो दिन शान्तिपूर्ण प्रदर्शनका अनुमति दिएर भोलिपल्ट निषेधाज्ञा जारी गरेपछि रास्वपा प्रशासनसँग रुष्ट देखियो र आफ्नो पूर्व निर्धारित कार्यक्रम स्थलबाट पछि नहट्ने अडानमा उभियो ।  

रास्वपाको कार्यक्रम बिथोल्न प्रशासनले भिजिलान्ते खटाउने देखि नेता कार्यकर्तालाई कास्की छिर्नै अवरोध गर्न थाले । मध्यन्न १२ बजेपछि पूर्वनिर्धारित कार्यक्रमस्थल शहीद चोकमा प्रहरीले रास्वपा नेता कार्यकर्ताको शान्तिपूर्ण प्रदर्शनमा बल प्रयोग सुरु ग¥यो ।  प्रहरी दमनबाट आन्दोलनमा सहभागी केही नेता कार्यकर्ता घाइते भएको रास्वपाले जनाएको छ ।

उसले शान्तिपूर्ण विरोधको कार्यक्रममा भएको दमनको भर्त्सना पनि गरेको छ । सिधाकुरासँग कुरा गर्दै सो पार्टीका कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले सरकारी दमनको निन्दा गरे ।      



प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

बर्खामा पनि दोहन भइरहेछ कालीगण्डकी (तस्बिर)

कालीगण्डकीको किनार बालुवाको थुप्रोले भरिएको छ । कालीगण्डकी किनारमा बागलुङको काठेखोला दोभान, पर्वतको कुश्मा नगरपालिकाको नयाँपुल, सहस्रधारालगायत स्थानमा जथाभावी बालुवा उत्खनन् भइरहेको छ । अवैध रुपमा नदीजन्य पदार्थ...
ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

ग्यासको अभावः कम्पनी र डिपोमा उद्योग मन्त्रीको अनुगमन

मन्त्री यादवले बालाजुस्थित नेपाल ग्यास उद्योग पुगेर ग्यासको आयात, बोटलिङ र बिक्री वितरणको तथ्याङ्कबारे जानकारी लिइन् । उद्योगको निरीक्षणपछि उनी निगमको टेकुस्थित कार्यालय पसिरसरमा रहेको डिपोमा पुगेर अनुगमन...
‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

‘हेलो सरकार’मा ५३ हजार १५६ गुनासा, अत्यावश्यक गुनासो २४ घण्टाभित्र सम्बोधन

हेलो सरकारमा गत आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आवको तुलनामा ३२१ प्रतिशतले गुनासो बढेका छन । कार्यालयका अनुसार आर्थिक वर्ष २०८१/८२ मा १६ हजार ५६८ गुनासा प्राप्त भएकामा...
कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

कीर्तिपुर होल्डिङ सेन्टर बाट भिजेको आफ्नो सामान निकाल्दै सुकुम्बासी , खरिपाटी लैजाने तयारी

होल्डिङ सेन्टरमा पानी भरिएपछि सुरक्षाकर्मीले डुङ्गाको प्रयोग गरेर केही सामान बाहिर निकाले पनि अधिकांश घरायसी सामग्री, लत्ताकपडा र अन्य अत्यावश्यक सामान पानीले भिजेर नष्ट भएको पीडितहरूले बताएका छन्।...