नेभिगेशन
सबै कुरा

खुकुरी प्रहार गरी फरार दुई आरोपी पक्राउ

बागमती । मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१ जरुवाटोल घर भई १० टिसिएनरोड बस्ने एक युवकमाथि खुकुरी प्रहार गर्ने दुई जनालाई प्रहरीले आज पक्राउ गरेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आफ्नै डेरामा बसिरहेको अवस्थामा स्थानीय २२ वर्षीय रोनक खड्केलाई आइतबार मोटरसाइकलमा आएका तीन जनाले अश्लिल शब्द प्रयोग गरी ज्यान मार्ने उद्देश्यले टाउको, अनुहार, गर्धन तथा शरीरका विभिन्न भागमा खुकुरी प्रहार गरी घाइते बनाएका थिए । 

Extreme Energy
citizen life

खुकुरी प्रहार गरी फरार रहेकाको पहिचान एवं खोजतलास गर्ने क्रममा घटनामा संलग्न रहेको आरोपमा हेटौँडा उपमहानगरपालिका–११ निवासी २९ वर्षीय विशाल तामाङ, १८ वर्षीय सनिस घिमिरेलाई आज पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता श्याम अर्यालले जानकारी दिए । 

पक्राउ परेकालाई ज्यान मार्ने उद्योगसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । सो घटनामा संलग्न थप एक जनाको खोजतलास भइरहेको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
लागूऔषधसहित १४ जना पक्राउ

लागूऔषधसहित १४ जना पक्राउ

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार ललितपुर र बाँकेबाट तीन/तीन, मोरङ र चितवनबाट दुई/दुई, कैलाली, सिन्धुली, सुर्खेत र कास्कीबाट एक/एक जना पक्राउ परेका हुन् ।
दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

दाजुभाईको हत्या गरिएको अवस्थामा शव फेला, हत्याराले नै प्रहरीलाई दिएका थिए अपराधको सूचना

“आर्थिक लेनदेनका सम्बन्धमा उत्पन्न विवाद हुँदा उनीहरूको हत्या गरेर आफू फरार भएको भनी ती व्यक्तिले दिएको सूचनाको आधारमा शव बरामद भएको छ”, प्रनाउ लामाले भने, “अहिले ती व्यक्तिको...
पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

पक्राउ पर्ने सूचनापछि भागेका इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ सिन्धुलीबाट पक्राउ

निजी क्षेत्रको स्मार्ट टेलिकमको सम्पूर्ण सम्पत्ति, दूरसञ्चार पूर्वाधार, दूरसञ्चार प्रणाली र दूरसञ्चार सञ्जाल नेपाल दूरसञ्चार प्राकिरणले नियन्त्रणमा लिएको अवस्थामा उक्त सम्पत्तिमा सरकारी हक टुटाएर लिलामी प्रक्रियामा संलग्न भएको...
श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

श्रममन्त्रीको सचिवालयमा नियुक्ति पाएका व्यक्ति अपरहरण कसुरमा पक्राउ, १० दिनअघि नै निष्काशन गरिएको  दाबी

यता श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामजी यादवको सचिवालयले भने आलमलाई १० दिनअघि नै निष्काशन गरिएको बताएको छ । कार्यालयमा नआउने, काम नगर्ने गरेपछि उनलाई फायर गरिएको...