नेभिगेशन
सबै कुरा

हेटौडा सिमेन्ट उद्योगको चोरीको तारसहित ३ जना पक्राऊ

मकवानपुर । सरकारी स्वामित्वको एकमात्र हेटौंडा सिमेन्ट उद्योगबाट गत असोज २३ गते चोरी भएको तामाको तारसहित ३ जना पक्राऊ परेका छन् । 

मकवानपुर प्रहरीका अनुसार तामाको तार चोरीमा संलग्न भएको आरोपमा हेटौंडा–१३ का मनिराम थोकर, सन्तबहादुर तितुङ  र तार खरीदकर्ता कवाडी संचालक दिलखुश कुमार साह समेतलाई नियन्त्रणमा लिई चोरी तथा डाकामुद्दा कसुरमा पक्राऊ गरिएको जनाएको छ । चोरीमा संलग्न अन्यको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

असोज २३ गते उद्योग परिसरबाट करीब २० लाख मूल्य बराबरको तामाको तार चोरी भएको उद्योगका अध्यक्ष नरेन्द्र भण्डारीले बताएका छन् ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...