नेभिगेशन
सबै कुरा

रविबारे माओवादीका नेता कार्यकर्ताको एउटै स्वर, ‘यो राजनीतिक प्रतिशोध नै हो’

काठमाडौँ । शनिबार प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रले काठमाडौँमा विशाल खबरदारी सभा आयोजना गर्यो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

बेथिति, भ्रष्टाचार, महँगी र सरकारको जनविरोधी कदमविरुद्ध गरिएको सो सभामा उपस्थित नेता कार्यकर्ताहरूले सरकारको काम कारबाही जनहितमा नरहेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको समेत विरोध गरे । 

Ncell
Extreme Energy


रवि पक्राउको विरोधमा सरकारविरुद्ध आक्रोश बढिरहेको बेला माओवादीले भृकुटीमण्डपबाट सरकार सञ्चालन गरिरहेका दुई दल कांग्रेस र एमालेलाई भ्रष्ट र बेइमान मात्रै भनेन नसुध्रिए सदनबाट र त्यहाँबाट पनि नसुध्रिए सडकमा घिसार्ने चेतावनी दिए । 

कात्तिक २ गते सभापति लामिछाने पक्राउ परेपछि रास्वपा चरणबद्ध आन्दोलनमा छ । उनको पक्राउलाई माओवादी नेता कार्यकर्ताले पनि सरकारको राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन् । 

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदीय समितिले नामै किटान गरेका आफ्नो दलका सहकारी ठगलाई जोगाएर रास्वपाका सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको बताए । 

संसदीय समितिले कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज भएको प्रचण्डको ठहर थियो । 


‘कांग्रेस र एमालेका नेताहरुलाई पनि दोषी ठहर गरेकोमा उनीहरूलाई अनुसन्धानको दायरामा नल्याएर प्रतिपक्षमा रहेका रवि लामिछानेलाई मात्रै पक्राउ गर्नु राजनीतिक विभेद र पूर्वाग्रहको उपज हो’, नेता कार्यकर्तालाई सम्बोधन गर्दै स्टेजबाटै प्रचण्डले भने । 

माओवादी केन्द्रका स्थायी कमिटी सदस्य परशुराम तामाङले पनि कांग्रेस एमालेको सरकारले भ्रष्टहरूलाई संरक्षण गरेर रवि लामिछानेलाई पक्राउ गरेको बताए । ‘केहि दिन अघि रवि लामिछानेलाई पक्राउ गरेको देख्यौँ तर आफ्ना दलका भ्रष्टाचारीलाई बचाउन उनलाई पक्राउ गरियो, के यस्तो गरेर यो देशमा भ्रष्टाचार नियन्त्रण हुन्छ ?’ खबरदारी सभालाई सम्बोधन गर्दै नेता तामाङले भने । 


माओवादीका केन्द्रीय स्तरका नेता मात्रै होइन पार्टीका विभिन्न तहका नेता, कार्यकर्ता पनि रविलाई पक्राउ गरेर सरकारले प्रतिसोध साँधेको बताउँछन् । 

कार्यक्रममा भेटिएका धादिङको थाक्रे गाउँपालिका ३ का वडा अध्यक्षसमेत रहेका विजय तामाङ रविलाई हिजो निर्दोष भन्नु आज तिनै पात्रले पक्राउ गर्नु राजनीतिक प्रतिसोध बाहेक केही नभएको बताउँछन् । 


‘रवि लामिछाने दोषी हो भने उनीमाथि छानबिन गरेर कारबाही हुनुपर्छ तर तिनै केपी शर्मा ओलीले हिजो रवि निर्दोष भनेको हैन ? प्रहरी प्रमुखले निर्दोष भनेको हैन  ?’ उनले प्रश्न गरे, ‘आज तिनै व्यक्तिले तिनै निर्दोष भनिएका रवि लामिछानेलाई पक्राउ गर्नु राजनीतिक प्रतिशोध नभएर अरु हुन सक्दैन । सरकारको यो कदमको विरोध गछौँ ।’

त्यस्तै ओखलढुंगा काठमाडौँ सम्पर्क समन्वय समितिका अध्यक्ष विष्णु गिरी माओवादी पार्टी रवि दोषी छैन भन्नेमा क्लियर भएको बताउँछन् । रवि दोषी भए कारबाहीको भागेदार हुनुपर्ने तर प्रतिशोध साँधेर रविलाई फसाइनु नहुने उनी तर्क गर्छन् । 


‘माओवादी नेतृत्वको सरकार रहँदा पनि माओवादी केन्द्र रवि लामिछानेलाई सबुत र प्रमाणका आधारमा पक्राउ गर्न सकिँदैन र समाउनुपर्ने अवस्था छैन भन्नेमा क्लियर थियो । त्यतिबेला नै सरकार एउटा निर्क्यौलमा पुगिसकेको अवस्थामा अहिले आएर सरकारले राजनीतिक प्रतिसोध साँधेर रविलाई फसाउने कार्य भइरहेको छ,’ गिरी भन्छन्, ‘यो अनुसन्धानको विषय भएकाले धेरै कुरा नबोलौँ, दोषी भए जेल जान रवि तयार हुनुपर्छ । अत्यथा एउटा राजनीतिक प्रतिशोध साँध्ने हिसाबले रवि लामिछानेलाई फसाइनु हुँदैन भन्ने हाम्रो माग हो ।’ 

नेकपा माओवादी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीका नेता सन्दीप लुइँटेल पनि प्रधानमन्त्री ओलीले शुसासनका नारा लगाउने तर त्यो कहिल्यै पूरा नगर्ने गरेको आरोप लगाए । 

उनले आफूनिकट नेतालाई प्रधानमन्त्रीले जोगाउनका लागि निर्दोष भनिएका रविलाई थुन्ने काम गरेको आरोप लगाए । उनले भने, ‘प्रधानमन्त्री ओलीले जे बोल्छन्, त्यो गरेको देखिँदैन । उनले शुसासनको कुरा पनि गरिरहेका छन्, हामीले भाटभटेनीका साहु र केपी ओलीको उठबस हेरौँ त । आज रवि लामिछानेलाई पनि जेलभित्र कोचिरहेका छन् । तर, त्यहीँ नजिक  रहेका  धनबहादुरलाई खोई ?  त्यहिँनेर ऋषिकेशलाई किन काखि च्यापेको ? शुसासनको नाराको रटान लगाउनेले उनीहरूलाई पनि त कानुनको कठघरामा ल्याउनुपर्यो नि । रविलाई मात्रै डाम्न खोजेर हुन्छ ?’

सिन्धुपाल्चोकबाट सरकारको कदमको विरोध गर्दै काठमाडौँ आएका भोटे बहादुर कामी पनि रवि पक्राउलाई गलत भन्छन् । रवि लामिछानले राजनीतिक प्रतिशोधको शिकार भएको भन्दै उनले यो राजनीतिक संस्कार गलत भएको टिप्पणी गरे । 

‘जुन पार्टीको सत्ता आयो, त्यस्ले विपक्षीलाई  खेद्ने संस्कार राजनीतिमा मौलाएको छ । यसैको सिकार रवि लामिछाने भएका छन् । यो गलत गरेको छ सरकारले  । गल्ती नभए पनि गल्ती देखाउँदै समाउँदै गर्छन् तर रविलाई समाएर आफ्नालाई जोगाउने सरकारले प्रपञ्च अपनाएको छ,’ उनले भने । 


गोरखाबाट खबरदारी सभाका लागि काठमाडौँ आएका भोज सुनार पनि ओलीका पछिल्ला कदमको विरोध गर्छन् । रविमाथि राजनीतिक प्रतिशोध साँध्नु गतल भएको उनको भनाई छ । ‘सहकारी ठग्नेलाई कारबाही गर्नु सही हो । तर, पटक पटक निर्दोष भनेको मान्छेलाई समाएर राजनीतिक प्रतिशोध साँध्नु सरकारको गल्ती हो,’ उनले थपे, ‘अध्यादेश ल्याएर साना पार्टी टुक्राउन खोज्नु, साना पार्टीलाई कमजोर बनाउन सरकारले अनेक तिक्डम अपनाउनु कानुनविपरित कार्य हो । सरकारको प्राथमिकता यसमा भन्दा पनि भ्रष्टाचार नियन्त्रणमा रहनुपर्छ ।’ 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

पद्‍मा अर्यालको माग– तत्काल उच्चस्तरीय संसदीय समिति बनाइयोस्

नेकपा (एमाले) संसदीय दलका उपनेता पद्‍माकुमारी अर्यालले रसुवाको भोटेकोशी बाढीपछिको राहत, खोज, उद्धार, पुनःनिर्माण र पुनःस्थापनाका लागि उच्चस्तरीय संसदीय समिति गठन गर्न माग गरेकी छन् ।
आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आईसीयूमा अन्तर्वार्ताः संसदमा उठ्यो प्रोटोकलको प्रश्न

आज बसेको प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद समीक्षा बाँस्कोटाले रसुवा बाढी परेर उद्धार गरिएका व्यक्तिको आईसीयूमा अन्तर्वार्ता लिएको विषयप्रति आपत्ति जनाइन् ।
सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

सभामुखलाई भेटेर के भने आङ्देम्बेले ?

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई भेटेर बाढीपछिको उद्धार, राहत, पुनर्निर्माण र दीर्घकालीन समाधानका लागि उच्चस्तरीय संसदीय समिति गठनबारे ध्यानाकर्षण गराएका...
रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

रावल आयोगले औंल्याएका सबै जग्गा सरकारको नाममा

भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन २०५२ ले औंल्याएका सम्पूर्ण सरकारी तथा...