नेभिगेशन
सबै कुरा

पेस्तोल देखाएर टाेल टाेलमा थर्काउँदै हिँड्ने एक जना प्रहरीकाे नियन्त्रणमा

काठमाडाैँ । काठमाडौँको नागार्जुन क्षेत्रमा पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउने एक जना पक्राउ परेका छन् । शनिबार राति ९ बजेको समयमा काठमाडौँको नागार्जुन नगरपालिका १ रानीवनस्थित वडा एरियामा पेस्तोल देखाउँदै थर्काउँदै हिँडेको अवस्थामा प्रहरीले दैलेखका अनिल खड्कालाई नियन्त्रणमा लिएको हो । 

स्थानीयलाई त्रसित बनाएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका खड्काको साथबाट प्रहरीले AUTO PISTAL USA 65 NO 1 लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

दैलेखको भगवतीमाई गाउपालिका ७ स्थायी घर भएका २५ वर्षीय खड्का रानीवन राधाकृष्ण मन्दिर नजिकै भाडामा कोठा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका व्यक्तिको चिर्पट प्रहारबाट तनहुँका खुसीमान गुरुङको मृत्यु

मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा  गम्भीर घाइते भएका उनको उपचारका क्रममा गए राति मृत्यु भएको हो ।
एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

एमाले नेता पासाङ शेर्पा पक्राउ, बहुविवाह मुद्दामा भएको थियो जेलसहित जरिवानाको फैसला

ताप्लेजुङका शेर्पालाई काठमाडौँको धुम्बारहीबाट पक्राउ गरिएको काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन कुमार भट्टराईले जानकारी दिए ।
मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

मष्टा समूहको सञ्चालक जीवन चलाउनेविरुद्ध मुद्दा दायर

चलाउनेले रु दुई अर्ब सात करोड ६२ लाख १३ हजार ५१६ बराबरको सम्पत्ति शुद्धीकरण गरेको अनुसन्धानमा देखिएको विभागले जनाएको छ ।
पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

पाँचथरमा छोराद्वारा ६९ वर्षीय बाबुको हत्या

युवराज आइतबार बिहान १०ः३० बजे घरदेखि करिब ५०० मिटर उत्तरतर्फ करेसाबारीमा मृत फेला परेका थिए । मृत युवराजको शरीरका विभिन्न भागमा चोटपटक देखिएपछि हत्याको आशङ्कामा प्रहरीले अनुसन्धान अघि...