नेभिगेशन
सबै कुरा

पेस्तोल देखाएर टाेल टाेलमा थर्काउँदै हिँड्ने एक जना प्रहरीकाे नियन्त्रणमा

काठमाडाैँ । काठमाडौँको नागार्जुन क्षेत्रमा पेस्तोल देखाएर स्थानीयलाई त्रसित बनाउने एक जना पक्राउ परेका छन् । शनिबार राति ९ बजेको समयमा काठमाडौँको नागार्जुन नगरपालिका १ रानीवनस्थित वडा एरियामा पेस्तोल देखाउँदै थर्काउँदै हिँडेको अवस्थामा प्रहरीले दैलेखका अनिल खड्कालाई नियन्त्रणमा लिएको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

स्थानीयलाई त्रसित बनाएको भन्ने सूचनाका आधारमा पुगेको प्रहरी वृत्त स्वयम्भूको टोलीले उनलाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका खड्काको साथबाट प्रहरीले AUTO PISTAL USA 65 NO 1 लेखिएको पेस्तोल र खाली म्यागजिन बरामद गरेको छ । उनलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसरका सूचना अधिकारी नवराज अधिकारीले जानकारी दिए ।

Ncell
Extreme Energy

दैलेखको भगवतीमाई गाउपालिका ७ स्थायी घर भएका २५ वर्षीय खड्का रानीवन राधाकृष्ण मन्दिर नजिकै भाडामा कोठा लिएर बस्ने गरेको प्रहरीले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...