नेभिगेशन
सबै कुरा

बम रहेको सूचना आएको एयर इन्डियाको जहाजमा कुनै शंकास्पद बस्तु भेटिएन

काठमाडौँ । काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानका बम राखेको सूचना गलत भएको पुष्टि भएको छ । पौने ३ बजेको उडान तालिका रहेको एयर इन्डियाको जहाजका बम रहेको सूचना आएपछि सर्च अपरेसन चलाइएको थियो । सो क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु नभेटिएपछि जहाज उडान भर्ने तयारी गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एयर इन्डियाको उक्त जहाजमार्फत १५९ जना दिल्ली उड्दै थिए । बमको सूचनापछि अहिले विमानस्थल केही प्रभावित भएको थियो । 

Extreme Energy

यसअघि पनि कात्तिक ६ गते भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना आएको थियो। दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टामै बम रहेको सूचना पछि नेपाली सेनाले त्यसको जाँच गरेको थियो । जाँचका क्रममा केही पनि नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरी उडान गराइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा आज दुईटा खेल हुँदैछ ।
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।