नेभिगेशन
सबै कुरा

बम रहेको सूचना आएको एयर इन्डियाको जहाजमा कुनै शंकास्पद बस्तु भेटिएन

काठमाडौँ । काठमाडौंबाट नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको विमानका बम राखेको सूचना गलत भएको पुष्टि भएको छ । पौने ३ बजेको उडान तालिका रहेको एयर इन्डियाको जहाजका बम रहेको सूचना आएपछि सर्च अपरेसन चलाइएको थियो । सो क्रममा कुनै पनि शंकास्पद वस्तु नभेटिएको प्रहरीले जनाएको छ । शंकास्पद वस्तु नभेटिएपछि जहाज उडान भर्ने तयारी गर्दैछ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

एयर इन्डियाको उक्त जहाजमार्फत १५९ जना दिल्ली उड्दै थिए । बमको सूचनापछि अहिले विमानस्थल केही प्रभावित भएको थियो । 

Ncell
Extreme Energy

यसअघि पनि कात्तिक ६ गते भारतको नयाँ दिल्लीबाट उडेको भिस्तारा एयरलाइन्सको जहाजमा बम रहेको सूचना आएको थियो। दिउँसो साढे ४ बजे काठमाडौँमा ल्यान्ड भएको जहाज दिल्लीबाट उडेको १ घण्टामै बम रहेको सूचना पछि नेपाली सेनाले त्यसको जाँच गरेको थियो । जाँचका क्रममा केही पनि नभेटिएपछि जहाजलाई खतरामुक्त प्रमाणित गरी उडान गराइएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...