नेभिगेशन
सबै कुरा

रास्वपाले बालुवाटारमा प्रदर्शन गर्ने, १० हजार मानिस उतार्ने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा १० हजार मानिस उतार्ने तयारी गरेको छ । पार्टी सभापतिविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको रास्वपाले बालुवाटारमा १० हजार मानिस उतार्ने तयारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१२ बजे बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको रास्वपाले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेको छ । पार्टीले भक्तपुरबाट आउनेहरुलाई कोटेश्वरमा जम्मा गरेर र्याली निकाल्ने, पश्चिमतर्फ कलंकीबाट, बौद्ध, जोरपाटी, कपन लगायतका क्षेत्रबाट चावहिलमा जम्मा गर्ने बताएको छ । त्यस्तै ललितपुर, नयाँ बसपार्क क्षेत्र, महाराजगञ्ज क्षेत्रबाट पनि र्याली निकाल्ने  तयारी रहेको पार्टी पार्टी केन्द्रिय सदस्य तथा आजको आन्दोलनका संयोजक पुकार बमले जानकारी दिए । यी सबै स्थानबाट र्याली निकाल्ने तयारी पुरा भएको उनले बताए । 

Extreme Energy

आजको प्रदर्शनमा पार्टीका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने पनि उनले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा आज दुईटा खेल हुँदैछ ।
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।