नेभिगेशन
सबै कुरा

रास्वपाले बालुवाटारमा प्रदर्शन गर्ने, १० हजार मानिस उतार्ने तयारी

काठमाडाैँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउको विरोधमा रास्वपाले मंगलबार बालुवाटारमा १० हजार मानिस उतार्ने तयारी गरेको छ । पार्टी सभापतिविरुद्ध राज्यले प्रतिशोध साँधेको भन्दै निरन्तर प्रदर्शन गर्दै आएको रास्वपाले बालुवाटारमा १० हजार मानिस उतार्ने तयारी गरेको हो । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

१२ बजे बालुवाटारस्थित नेपाल हाउसमा नेता कार्यकर्ता तथा पार्टी शुभेच्छुक उतार्ने तयारी गरेको रास्वपाले काठमाडौँका विभिन्न स्थानबाट र्याली निकाल्ने तयारी गरेको छ । पार्टीले भक्तपुरबाट आउनेहरुलाई कोटेश्वरमा जम्मा गरेर र्याली निकाल्ने, पश्चिमतर्फ कलंकीबाट, बौद्ध, जोरपाटी, कपन लगायतका क्षेत्रबाट चावहिलमा जम्मा गर्ने बताएको छ । त्यस्तै ललितपुर, नयाँ बसपार्क क्षेत्र, महाराजगञ्ज क्षेत्रबाट पनि र्याली निकाल्ने  तयारी रहेको पार्टी पार्टी केन्द्रिय सदस्य तथा आजको आन्दोलनका संयोजक पुकार बमले जानकारी दिए । यी सबै स्थानबाट र्याली निकाल्ने तयारी पुरा भएको उनले बताए । 

Ncell
Extreme Energy

आजको प्रदर्शनमा पार्टीका शिर्षस्थ नेताहरुले सम्बोधन गर्ने पनि उनले बताए ।


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...