नेभिगेशन
सबै कुरा

तिहारमा काठमाडौँ महानगर क्षेत्रभित्र प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले तिहारमा आफ्नो क्षेत्रभित्र प्लास्टिकका फूल बेच्न प्रतिबन्ध लगाएको छ। स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहन गर्न प्लास्टिकका फूल बेच्न रोक लगाएको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

मेयर बालेलने स्टाटस लेख्दै भन्दाभन्दै पनि लुकिछिपी प्लास्टिकका फूल बिक्री गरेको पाइएमा कानुनी कारबाही गरिने चेतावनीसमेत दिएका छन् ।  सम्पूर्ण उपभोक्तालाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानलाई प्रोत्साहन गर्न अनुरोध गर्दै मेयर शाहले स्वदेशमै उत्पादित फूल बिक्रीलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा व्यवस्था मिलाइएको जानकारी दिएका छन् । 

Ncell
Extreme Energy

यस्तो छ मेयर शाहको स्टाटसः

तिहारमा स्वदेशी फूल उत्पादक किसानलाई प्रोत्साहनस प्लास्टिकका फूल बिक्रीमा प्रतिबन्ध

काठमाडौँ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री वितरणलाई व्यवस्थित गर्न यस वर्षको दीपावली, नेपाल संवत् तथा छठ पर्वका अवसरमा महानगरपालिका क्षेत्रभित्रका ४६ स्थानमा बिक्री वितरण प्रबन्ध गरेको छ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री वितरणमा रोक लगाउँदै स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्धन गरिएको हो। 

गएको वर्ष पनि हामीले प्रदर्शनी मार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती कोरिडोरमा फूल बिक्री गर्ने स्थान मिलाइएको थियो। त्यस ठाउँमा पुग्न महानगर प्रहरी बलको सवारी साधन उपयोग गरिएको थियो। गएको वर्षको सिकाइ र अभ्यासबाट यस वर्ष फूल विक्रेता किसानहरूलाई सहज बनाउने प्रयास हुनेछ। यसका लागि मल, मार्ट, पार्क, पार्टी प्यालेस, सेन्टरहरूमा व्यवस्था मिलाइएको छ।

१) आरती पार्टी प्यालेस, माछापोखरी

२) बुद्ध मल, माछापोखरी

३) बालाजु भाटभटेनी, माछापोखरी,

४) भ्याली कोल्ड स्टोर, बालाजु

५) सामुदायिक भवन, बालाजु

६) धर्मचक्र पार्क, स्वयम्भू

७) स्वयम्भू मार्ट

८) भाटभटेनी, कलंकी

९) कलंकी ट्र्रेड सेन्टर, कलंकी

१०) एस. एन. एस., कलंकी

११) एन. बी. टी. सी., कलंकी

१२) नेपा  ब्याङ्क्वेट, खुसिँबु 

१३) बिग मार्ट, कालधारा, पकनाजोल

१४) साल्ट ट्र्रेडिङ कर्पोरेसन, कालीमाटी

१५) काठमाडौँ मल, सुन्धारा

१६) सिभिल मल, सुन्धारा

१७) सीटीसी मल, सुन्धारा

१८) रञ्जना मल, नयाँसडक

१९) विग मार्ट कम्प्लेक्स, अनामनगर

२०) एटी कम्प्लेक्स, न्युप्लाजा

२१) भाटभटेनी, अनामनगर

२२) आईटी प्लाजा, कमलादी

२३) संकटा चोक, टेबहाल

२४) के. एल. टावर, चाबहिल

२५) बी एन्ड एसएम, बौद्ध

२६) भर्गो जापान, शंखमूल

२७) आइप्लेक्स, बानेश्वर

२८) एनबी सेन्टर, नयाँ बानेश्वर

२९) फोनिक्स टावर, बत्तीसपुतली

३०) चाबहिल फुटबल चौर, चाबहिल गणेशस्थान

३१) बिगमार्ट, शंखमूल

३२) बीबीएसएम, कोटेश्वर

३३) सिफल चौर, सिफल

३४) केटीएम पार्टी प्यालेस,

३५) निराकल कम्प्लेक्स, शंखमूल

३६) एसी कम्प्लेक्स, चाबहिल

३७) भाटभटेनी, कोटेश्वर

३८) भाटभटेनी, नक्साल

३९) बिग मार्ट, बालुवाटार

४०) सेल्स बेरी, महाराजगन्ज

४१) भाटभटेनी, महाराजगन्ज

४२) कोइराला मार्ट, सामाखुसी

४३) बिग मार्ट, सामाखुसी

४४) सिटी सेन्टर, कमलपोखरी

४५) ल्होत्से मल, बालाजु

४६) सासा ब्याङक्वेट, सोह्रखुट्टे

स्वदेशी फूल व्यापारी किसानहरूले आफूलाई पायक पर्ने स्थान छनोट गरेर बिक्री गर्न सक्नुहुनेछ। यसका लागि सम्पर्क व्यक्तिको नम्बर वा महानगर प्रहरी बलको क्षेत्रबाट पनि सहजीकरण काम हुनेछ।

जानकारीका लागि  काठमाडौं महानगरपालिकाको निःशुल्क नम्बर ११८० मा कल गर्न सक्नु हुनेछ। वा नगर प्रहरीको हटलाइन नम्बर  ०१५९०१७६३, ९८५१३५६५०९ मा कल गरेर थप जानकारी लिन सक्नु हुनेछ।

यससँगै हामी व्यापारीहरूलाई फूल तथा अन्य सजावटका सामग्री बिक्री वितरण नगर्न नगराउनुहुन अनुरोध गर्द छौँ। यदि कसैले लुकिछिपी बिक्री गरेको पाइएमा प्रचलित कानुनबमोजिम कारबाही हुनेछ यससँगै सम्पूर्ण उपभोक्ताहरूलाई स्वदेशी फूल खरिद गरेर नेपाली किसानहरूलाई प्रोत्साहन गर्नुहुन अनुरोध गर्दछौँ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिहरु)

तीन वर्षीया बालिकाको हत्याविरुद्ध बारा आन्दोलित, सडक अवरुद्ध (तस्बिहरु)

बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले हिजो बुधबार बिहानदेखि सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन् भने सडक अबरुद्ध  र प्रदर्शन...
ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

ठमेललाई २४सै घण्टा खुला गर्ने गृहमन्त्री हुँदा रवि लामिछानेको निर्णय कार्यान्वयन गर्दै बालेन सरकार

काठमाडौँको प्रमुख पर्यटकीय गन्तव्यस्थल ठमेललाई २४सै घण्टा सुरक्षित, व्यवस्थित र मर्यादित ढङ्गले सञ्चालन गरिने भएको छ ।
आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

आजको मौसम : पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।
सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

सिधाकुरा प्रकाशकीय- हामी परिवर्तनका सहयात्री हौँ

हामी निजी जीवनको अनावश्यक उत्खननलाई पत्रकारिता ठान्दैनौँ। सनसनीलाई सत्यको विकल्प बनाउन चाहँदैनौँ। कसैलाई अपमानित गरेर प्राप्त हुने दर्शक संख्या हाम्रो सफलताको मापदण्ड होइन। हाम्रो बाटो- प्रश्नको हो, तथ्यको...