नेभिगेशन
सबै कुरा

प्रदर्शन सुरु हुन नपाउँदै वालुवाटारबाट रास्वपाका सांसदसहित ११ जना पक्राउ

काठमाडौँ । आन्दोलन सुरु हुन नपाउँदै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अशोक कुमार चौधरीसहित ११ जना पक्राउ परेका छन् । राजनीतिक प्रतिशोध, अन्याय, व्यथिति र भ्रष्टाचारविरुद्ध आज बालुवाटारमा भएको विरोध प्रदर्शनमा बालुवाटार नजिक नेपाल हाउसको अगाडिबाट उनीहरुलाई प्रहरीले गिरफ्तार गरेको छ ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

शान्तिपूर्ण रूपमा उभिएर छलफल गर्दै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका काठमाडौँ जिल्ला सभापति प्रदीप बिष्ट, ललितपुर जिल्ला सभापति बुद्धरत्न महर्जन, राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य एवं शुभचिन्तकहरू खुसीराम कैनी, जयराम नेपाल, सुरेन्द्र अवाले, नवराज भण्डारी, सहिल प्रयास, उमेश लामा, नवराज मुडभरी, ध्रुव ढकाल र सवि खड्का गरी ११ जनालाई गिरफ्तार गरेको छ ।

Extreme Energy

‘शान्तिपूर्ण विरोध प्रदर्शनको कार्यक्रमलाई बिथोल्ने गरी प्रहरी प्रशासनले गरेको यो दमन र गिरफ्तारी विरुद्ध घोर भर्त्सना गर्दछौँ। शान्तिपूर्ण विरोधका कार्यक्रम गर्न पाउने संवैधानिक हक हनन लोकतान्त्रिक मूल्य मान्यताको चरम उल्लङ्घन हो।’ रास्वपाका कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटीले भने । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

एनपिएल : विराटनगरविरुद्ध चितवन र कर्णालीविरुद्ध जनकपुर भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणमा आज दुईटा खेल हुँदैछ ।
भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दसैँ

गत भदौ १० गतेको भोटेकोशी बाढीमा बेपत्ता भएकाका परिवारले यस वर्षको दसैँ डीएनए परीक्षणको रिपोर्ट पर्खदै बिताएका छन् ।