नेभिगेशन
सबै कुरा

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज बेल्जियमले मनायो महाकवि देवकोटाको जन्मजयन्ती

बेल्जियम । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) बेल्जियमले बेल्जियमको आन्त्वेर्पेनमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती मनाएको छ। जन्मजयन्ती समारोहमा उपस्थित साहित्यप्रेमीहरुले आ(आफ्ना काव्य सृजना वाचन गरेका थिए । कार्यक्रममा दुई पुस्तकहरूको विमोचनसमेत भएको थियो । जसमा मुक्तककार निलान्जला भारद्वाजद्वारा लिखित ‘निलान्जला मुक्तक संग्रह’ र कवि ब्रह्मदत्त वाग्लेले लेखेको कविता संग्रह ‘उपहार’ थिए । विमोचित दुवै पुस्तकको समालोचना समालोचक गोपाल दाहालले कार्यक्रममा वाचन गरेर सुनाए ।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

कार्यक्रममा सबैको स्वागत गर्दै बेल्जियम शाखाका उपाध्यक्ष लोकनाथ शर्माले भाषा साहित्यको सेवामा उपस्थित सबैप्रति आभार प्रकट गर्दै अनेसासको वरिपरि गोलबन्द हुन आह्वान गरे। त्यस्तै, अनेसास बेल्जियमका सल्लाहकार तथा आख्यानकार पञ्चम अधिकारीले आफूले केही समयअघि विमोचन गराएको आफ्नो कथा संग्रह ‘ प्रवासीको देश हुन्न’ बारे बोल्दै सबैलाई उक्त किताबले दिएको सन्देशबारे प्रष्ट्याएका थिए । उनले अनेसासले बेल्जियममा रहेका साहित्यिक मनहरूलाई समेट्न अहम् भूमिका खेलेको भन्दै आभार प्रकट गरे । लक्ष्मी जयन्तीको उक्त सभामा विमोचित कविता संग्रह ‘उपहार’ को लेखकीय परिवेशबारे बोल्दै कवि ब्रह्मदत्त वाग्लेले कविताका सारबारे छोटो विवेचना गरे भने उनले आफ्नो कविता पनि पढेर सुनाए ।

Ncell
Extreme Energy

नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्माले सृजनाको शक्तिबारे आफ्नो छोटो टिप्पणी राखे भने अर्का पत्रकार सन्तोष न्यौपानेले अनेसासले भाषिक अभियानमा अझै जोड दिनुपर्ने सुझाव दिए ।

रचना बचनकै क्रममा चन्द्र शर्मा, ओम शर्मा, कान्ता अधिकारी, लक्ष्मी अधिकारी, सन्तोष न्यौपाने, डिल्ली अमगाईं, ईश्वर पाठक, मुना ताम्राकार लगायत सर्जकहरुले महाकविप्रति श्रद्धा सुमन ब्याक्क गरे । विशिष्ट अतिथि एनआरएनए बेल्जियमका सचिव रमेश दाहालले अनेसासले महाकविको सम्मानको अवसर मिलाई दिएकोमा धन्यवाद दिए।

अनेसास बेल्जियमका संस्थापक सचिव शंकर बजगाईंले अनेसास बेल्जियमले स्थापना काल ९सन् २००७० देखि आफ्नो कार्यमा निरन्तर भाषा, साहित्यको लागि योगदान दिएकोले आफूलाई गौरवको अनुभूति भएको बताए ।

कार्यक्रमका विशिष्ट अतिथि अनेसासका केन्द्रिय उपाध्यक्ष डिल्ली अमगाईले आफ्नो रचना वाचन गर्ने क्रममा प्रवासमा भाषा साहित्यको महत्वबारे छोटो मन्तव्य दिए भने जयन्तीका प्रमुख अतिथि बेनेलक्सका लागि नेपाली राजदुत राजभण्डारीले अनेसास बेल्जियमले गरेका कार्यक्रमको खुलेर प्रसंशा गर्दै बेल्जियमको एकमात्र बौद्धिक यो संस्थाले नेपाली पहिचानको लागि अझ धेरै काम गर्न बाँकी रहेको बताए । बेल्जियममा धेरै कृतिहरु सृजना गर्न प्रेरित गर्ने यो समाज वास्तवमै समाजको एक सुकिलो बाटो भएको र आफ्नै कार्यकालमा धेरै सृजनाहरुको पवमोचन गर्न पाएकोमा अनेसासलाई उनले धन्यबाद दिए।

सो अवसरमा अनेसास बेल्जियमले पत्रकार सन्तोष न्यौपाने, कवि जमुना गैह्रे लगायतलाई राजदुतको हातबाट आजीवन सदस्यता प्रमाणपत्र हस्तान्तरण गरेको थियो । त्यस्तै सोहिदिन बसेको अनेसास बेल्जियमको बैठकले च्याप्टरमा ईश्वर पाठक, कान्ति अधिकारी र लक्ष्मी अधिकारीलाई कार्यकारी समितिमा नियुक्त गरेको छ।

अन्त्यमा, अनेसास बेल्जियम चयाप्टरका अध्यक्ष तथा देवकोटा जयन्ती समारोहका सभापति सौरभ कारंजितले अनेसासको आजीवन सदस्यता सदैव खुला रहेको भन्दै सबैलाई सदस्यताको फाराम भर्न अनुरोध गरेका थिए । उनले यस समारोहमा हर तरहले सहयोग गर्ने सबै अतिथि तथा मातृभाषा प्रेमीहरुलाई धन्यवाद दिँदै राजदुत राजभण्डारीको कार्यकाल समाप्त हुन थोरै दिनहरु मात्र बाँकी रहेकोले खादा ओढाइ बिदाइ सम्मान गरेका थिए । कार्यक्रममा प्रवाशी नेपाली मंचका अध्यक्ष विनोद न्यौपाने, जनसम्पर्क समितिका महामन्त्री प्रकाशराज गिरी लगायत संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतमा ड्रोन आक्रमणमा परी निधन भएका सोमकुमार तामाङको शव नेपाल ल्याइँदै

कुवेतस्थित नेपाली राजदूतावासले स्थानीय निकाय तथा सम्बन्धित कम्पनीसँग आवश्यक समन्वय गरी पार्थिव शरीर स्वदेश पठाउने प्रक्रिया सम्पन्न गरेको मन्त्रालयले जनाएको छ ।
टावरको टुप्पोमा फहराएको प्रेम

टावरको टुप्पोमा फहराएको प्रेम

चीनको उक्त भवन निमार्णकै उपक्रममा थियो, चढ्ने अनुमति कसैलाई थिएन । उनीहरुको शाहसलाई कसले छेकबार गर्ने ? उनीहरुले लुकेर चढ्ने योजना बनाए र अन्ततः उनीहरुको शाहस, समर्पण शिखरित...
पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

पाकिस्तान र इरानद्वारा क्षेत्रीय शान्ति र बलियो द्विपक्षीय सम्बन्धको प्रतिबद्धता

इरानी राष्ट्रपति मसूद पेजेस्कियनलाई विदाइ गरेको केही समय पछि प्रधानमन्त्री सरिफले विज्ञप्ति जारी गर्दै आफुहरुले क्षेत्रीय स्थिरता,  द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयहरुमा केन्द्रित रहि सौहार्दपूर्ण छलफल गरेको...
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान

चीनको चारदिने औपचारिक भ्रमणमा रहेका उनले आज बेइजिङस्थित नेपाली दूतावासद्वारा आयोजित लगानी सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन् । मन्त्री खनालले नेपालको आर्थिक अवसर तथा जनसाङ्ख्यिकीय सामथ्र्यलाई...

भर्खरै