नेभिगेशन
सबै कुरा

पाँच करोड ठगी गरी फरार बिनुलाई कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइयो

काठमाडौँ । वैदेशिक रोजगारी ठगीलगायत मुद्दामा इन्टरपोलबाट ‘रेड नोटिस’ जारी भएका फरार व्यक्ति कम्बोडियाबाट पक्राउ गरी नेपाल ल्याइएको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

सिन्धुपाल्चोक मान्खा ठेगाना भएकी बिनु शाक्यलाई इन्टरपोलको कम्बोडिया शाखासँगको समन्वयमा पक्राउ गरी ठगी मुद्दामा कारबाही गर्ने÷गराउने प्रयोजनार्थ स्वदेश ल्याइएको नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिनुभयो ।   उनले वैदेशिक रोजगारीमा सिङ्गापुर पठाइदिन्छु भनी ४० जनाभन्दा बढी व्यक्तिबाट रु पाँच करोड दुई लाख ९४ हजार ठगी गरी फरार भएकी थिइन् । 

Ncell
Extreme Energy

आरोपी बिनु शाक्य र उदयपुर त्रियुगा नगरपालिका–१० ठेगाना भएका सुजन आचार्यलाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नका लागि नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग इन्टरपोल शाखामा अनुरोध भएपश्चात २०८० माघ १९ गते उनीहरूविरूद्ध रेड नोटिस जारी भएको थियो । 

अन्तर्राष्ट्रियस्तरमा खोजतलास गरी नेपाल फिर्ता ल्याई सम्बन्धित कसुरमा कानुनी कारबाही गराउन नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग इन्टरपोल शाखाबाट इन्टरपोलका सम्पूर्ण सदस्य राष्ट्रहरूलाई पत्राचार गरिएकामा २०८१ असोज १ गते कम्बोडियाबाट दुवै जनालाई पक्राउ गरिएको थियो । 


साथै पक्राउमध्ये सुजनलाई गत कात्तिक ९ गते नेपाल फिर्ता ल्याइएको र  बिनुलाई सम्बन्धित कसुरमा कानुनबमोजिम कारबाहीका लागि काठमाडौँ ल्याइएको हो । उनलाई थप कारबाहीका लागि सोमबार प्रहरी वृत्त कालिमाटीमा बुझाइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

घुससहित भूमि प्रशासनका कर्मचारी र लेखापढी व्यवसायी नियन्त्रणमा

आयोगका प्रवक्ता सुरेश न्यौपानेले आयोगको टोलीले रु तीन लाख घुस÷रिसवतबापतको रकम र स्रोत नखुलेको रु २४ हजार ८९० सहित ललितपुर महानगर वडा नं ४ स्थित एक होटलबाट शुक्रबार...
सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको विद्यालयमा ११ करोड हिनामिना गर्ने इन्स्पेक्टर कल्पना सहित प्रेमीमाथि अख्तियारको अनुसन्धान

सशस्त्र प्रहरीको कीर्तिपुरस्थित विद्यालयमा ११ करोड भन्दा बढी रकम हिनामिना गरेको आरोपमा पक्राउ परेका  सशस्त्र प्रहरीकी इन्स्पेक्टर कल्पना गुरुङ र प्रेमी टासी भन्ने लीलाबहादुर लामामाथि अख्तियार दुरुपयोग अनुसन्धान...
त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिवि एमबिएस प्रथम सत्रको प्रश्नपत्र कसरी बाहिरियो? अहिलेसम्म केके भयो?

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत मास्टर्स अफ बिजनेश स्टडिज (एमबिएस) प्रथम सत्रको प्रश्नपत्र परीक्षा सुरु भएको केही मिनेटमै सामाजिक सञ्जालमा बाहिरिएको घटनाले सार्वजनिक भएको छ।
काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ  कसुरका

काठमाडौँमा ११ हजार बढी अपराधका घटना दर्ता, सबैभन्दा बढी बैंकिङ कसुरका

काठमाडौँ प्रहरी परिसरले शुक्रबार पत्रकार सम्मेलन गर्दै आर्थिक वर्ष २०८२/८३ मा ११ हजार ८७ वटा अपराधको मुद्दा दर्ता भएको र ८ हजार ५ सय ७११ जनालाई पक्राउ गरिएको...