नेभिगेशन
नेताका कुरा

अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पकाे विजय: नेपालमा सुन चाँदीको मूल्यमा गिरावट

काठमाडौँ । अमेरिकी राष्ट्रपति निर्वाचन मत परिणामको असर नेपालको बजारमा समेत देखिएको छ । अमेरिकी राष्ट्रपतिमा डोनाल्ड ट्रम्पको विजयसँगै शुक्रबार सुन र चाँदीको मूल्यमा गिरावट आएको छ । नेपाल सुन चाँदी व्यवसायी महासँघकाअनुसार सुनको मूल्य एकै दिनमा तोलामा ४ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँले घटेको छ । 

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

आजका लागि छापावाल सुनको मूल्य एक लाख ६४ हजार ५ सय रुपैयाँ तोकिएको छ । हिजो एक लाख ६८ हजार ५ सय रुपैयाँ तोलामा सुनको कारोबार भएको थियो । 

Ncell
Extreme Energy

यस्तै प्रतितोला २ हजार १५ रुपैयाँमा कारोबार भइरहेको चाँदीको मूल्य घटेर १९ सय ६० रुपैयाँ कायम भएको छ । अमेरिकी राष्ट्रपतिमा ट्रम्पको कार्यकालसँगै मध्यपूर्व र रुस युक्रेन युद्ध रोकिने आशमा विश्व अर्थतन्त्रमा केही सकारात्मक सुधार भएको छ । ट्रम्प निर्वाचित भएको औपचारिक घोषणा लगत्तै बिहीबार डलरको मूल्य बढेको थियो ।     

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप नेताका कुरा
अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

अर्थमन्त्री डा.स्वर्णिम वाग्लेद्धारा पूँजी बजार विकास र सुधारका उपाय पेस गर्न निर्देशन

बैठकमा नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेल, नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा.गोपाल भट्ट, राष्ट्र बैंकका डेपुटी गभर्नर किरण पण्डित र नेपाल धितोपत्र बोर्डका उपकार्यकारी निर्देशक नारायण शर्मा...
उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

उपत्यका बाहिरबाट ‘एलपी ग्यास सिलिन्डर’ मा ‘बोटलिङ’ गर्न थालियो

पृथ्वी राजमार्गको कृष्णभीरमा सडक भासिएपछि संघीय राजधानी काठमाडौँ बाहिर खाना पकाउने ग्यास भरेर (बोटलिङ) लैजान थालिएको छ ।
बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

बाढी पीडितका लागि पद्म ज्योति समूहको एक करोड सहयोग, प्रधानमन्त्री राहत कोषमा जम्मा

रसुवा भोटेकोशी  बाढी प्रभावितका लागि पद्म ज्योति समूहले एक करोड रुपैयाँ सहयोग गरेको छ ।
चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

चेम्बर र एनआरएनएबीच लगानी तथा व्यापार प्रवर्द्धनमा सहकार्य गर्ने समझदारी

नेपाल चेम्बर अफ कमर्स (एनसीसी) र गैरआवासीय नेपाली संघ (एनआरएनए), नेपालबीच नेपालमा लगानी प्रवर्द्धन, व्यापार तथा व्यवसाय विस्तार र आर्थिक सहकार्यका लागि समझदारी भएको छ।