नेभिगेशन
सबै कुरा

भूकम्प प्रभावित जिल्ला बझाङ गए प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गरेका हुन् । 

Ncell
Extreme Energy

प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि बझाङ गएका छन्।

बझाङमा भूकम्पले पुर्याएको क्षति अवलोकन गर्नुका साथै भूकम्पपीडितको अवस्था बुझेर तत्काल आवश्यक राहत उपलब्ध  गराउन सम्बन्धित निकायलाई निर्देशन दिई आज नै काठमाडौँ फर्किने प्रधानमन्त्रीको कार्यक्रम छ ।

असोज १६ गते बझाङको तालकोट, चैनपुर र आसपास स्थानमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले र त्यसपछिका ३०० बढि पराकम्पले जिल्लामा ठूलो मात्रामा भौतिक क्षति पुर्र्याएको छ ।  त्यस्तै भूकम्पमा परी २० जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । 

भूकम्प गएको भोलिपल्ट अर्थात असोज १७ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समापति रवि लामिछानेको टोली घटनास्थलमा पुगी प्रशासनमार्फत पीडितलाई राहत वितरण गराएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

प्रधानमन्त्री–सभामुख भेटवार्तामा के भयो छलफल ?

अघिल्लो भेटमा सभामुख अर्यालले सदनमा आएर सम्बोधन गर्न आग्रह गर्दा प्रधानमन्त्री बालेनले विचार गर्छु भन्ने जवाफ दिएका थिए।
प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

प्रधानमन्त्रीको विरोध गर्ने नाममा कांग्रेसले सांसदले संसद्‍मै झुट बोले

नेपाली कांग्रेसका सांसद भरत स्वाँरले प्रधानमन्त्री बालेन शाहको विरोध गर्ने नाममा संसद्‍मै झुट बोलेका छन् ।
कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन मन्त्रालयबाट स्वीकृत भयो निजामती विधेयक, के हुन्छ ३०/५५ को व्यवस्था ?

कानुन न्याय तथा संसदीय मामिला मन्त्रालयले संघीय निजामती विधेयकको मस्यौदा स्वीकृत गरेको छ ।
२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

२३ र २४ भदौको जेन-जी आन्दोलनबारे छलफल गर्दै लेखा समिति

प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले २३ र २४ भदौको जेन जी आन्दोलनबारे छलफल गर्दैछ ।