नेभिगेशन
सबै कुरा

भूकम्प प्रभावित जिल्ला बझाङ गए प्रधानमन्त्री प्रचण्ड

काठमाडाैँ  : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भूकम्प प्रभावित जिल्ला बझाङ गएका छन्।

Watch On

Facebook Tiktok Youtube Instagram Twitter

उनी बिहान ११ बजे नेपाली सेनाको हेलिकप्टरबाट बझाङ प्रस्थान गरेका हुन् । 

Extreme Energy

प्रधानमन्त्रीसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, विपद् व्यवस्थापन प्राधिकरका प्रमुख अनिल पोखरेल पनि बझाङ गएका छन्।

बझाङमा भूकम्पले पुर्याएको क्षति अवलोकन गर्नुका साथै भूकम्पपीडितको अवस्था बुझेर तत्काल आवश्यक राहत उपलब्ध  गराउन सम्बन्धित निकायलाई निर्देशन दिई आज नै काठमाडौँ फर्किने प्रधानमन्त्रीको कार्यक्रम छ ।

असोज १६ गते बझाङको तालकोट, चैनपुर र आसपास स्थानमा केन्द्रबिन्दु बनाएर गएको भूकम्पले र त्यसपछिका ३०० बढि पराकम्पले जिल्लामा ठूलो मात्रामा भौतिक क्षति पुर्र्याएको छ ।  त्यस्तै भूकम्पमा परी २० जना घाइते भएका छन् भने एक जनाको मृत्यु भएको छ । 

भूकम्प गएको भोलिपल्ट अर्थात असोज १७ गते राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समापति रवि लामिछानेको टोली घटनास्थलमा पुगी प्रशासनमार्फत पीडितलाई राहत वितरण गराएका थिए । 


प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
The Reporter
Current Affairs
Sidhakura Investigation
थप सबै कुरा
राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपतिले गुरु पुरोहितबाट लगाए दसैंको टीका र जमरा

राष्ट्रपति रामचन्द्र पौडेलले शुभसाइतमा यस वर्षको दसैंको टीका, प्रसाद र जमरा ग्रहण गरेका छन् ।
प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

प्रहरी दिवसमा शुभकामना दिँदै के भने बालेनले ?

७१औं प्रहरी दिवसका अवसरमा शुभकामना सन्देश पठाउँदै प्रधानमन्त्री बालेनले प्रहरीलाई अझ सक्षम बनाउन नीतिगत मार्गदर्शन, कानुनी सहजता, आधुनिक तालिम र पूर्वाधार विकासलाई प्राथमिकता दिइएको बताएका छन्।